पथरीशनिश्चरे २ द्वारा आयोजित खेलकुद सप्ताह अन्तरगत विभिन्न विधामा प्रतिस्पर्धा सम्पन्न ।थारु पाेर्टल

Spread the love
माघ -८ गते
पथरी समाचारदाता, 
माेरङ्गकाे पथरीशनिश्चरे -२ द्वारा आयोजित खेलकुद सप्ताह अन्तर्गत वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोलस्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चोक टिमले चुमेका छन्।
आज सम्पन्न भएको फाइनलमा बुद्ध चोक फुटबल टिमले ३-१को फराकिलो अन्तरमा जित हासिल गरेको हो। पहिलो हाफमा बुद्ध चोकका खेलाडी विजय राईले १ गोल, विनायक लिम्बु ले१ र निरज परियारले १ गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याएका थिए भने गर्दै देवीगञ्ज टिमले विपक्षी टिमले एक आत्मघाती गोल उपहार पाएको थियो। खेलकुद सप्ताह अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो।जस अनुसार सटपुट/ छेलो प्रतियोगितामा मौसम लिम्बु , दिपेश ढुंगाना र श्याम राई क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका थिए।
यसैगरी, ४ सय मिटर दौड प्रतियोगितामा विनायक लिम्बु , मन क्षेत्री र सविन श्रेष्ठ तृतीय स्थान हासिल गरेका थिए। त्यस्तै, २सय मिटरको दौड प्रतियोगितामा भीम महतारा , सविन श्रेष्ठ र विनायक लिम्बु क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए उनीहरुलाई जनही नगद ३ हजार , २ हजार र १ हजार रुपैयाँको दरले पुरस्कृत भोलि समापनका अवसरमा प्रदान गरिने खेलकुद सप्ताह आयोजक समेत रहेका वडा अध्यक्ष नैना राईले बताए।
पथरीशनिश्चरे नगरका प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवी माया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेद प्रसाद गौतम तथा अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। आजै सम्पन्न भएको मैत्रीपूर्ण फुटबल खेलमा नगरपालिकाकाे जनप्रतिनिधिहरूलाई १ का विरुद्ध २ गोल गर्दै ईलाका प्रहरी कार्यालय पथरीका प्रहरीहरूको टिम विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *