पथरी शनिश्चरे नगरका जनप्रतिनिधिहरू र ईप्रका पथरीका प्रहरीहरूबिच मैत्रीपूर्ण फुटबल ।थारु पाेर्टल

Spread the love
माघ -८गते
पथरी समाचारदाता 
पथरीशनिश्चरे -२ द्वारा आयोजित ४० वर्षमाथिका खेलाडीहरुको सहभागितामा भएको मैत्रीपूर्ण भेट्रान फुटबल खेलमा बुद्ध चोक टिमले बोक्रे चोक भेट्रान टिमविरुद्ध ९-२ गोलको अन्तरमा विजय हासिल गरेको छ ।
पथरीशनिश्चरेमा जारी खेलकुद सप्ताह ०७९ अन्तर्गत बुद्ध चोक भेट्रान फुटबल टिमले फराकिलो अन्तरमा जित हासिल गरेको हो। पहिलो हाफमा बुद्ध चोकका खेलाडी मदन राईले ४ गोल गर्दै ह्याट्रिक गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। प्रत्युत्तरमा बोक्रे चोकले पाएको फ्रिकमार्फत १ गोल गर्दै आफ्नो टिमलाई ४-१ को अन्तरलाई घटाएका थिए ।
 बोक्रे चोकका खेलाडीले पाएको  सुन्दर पासलाई सदुपयोग गर्दै आफ्नो टिमलाई ४-२ अन्तरलाई घटाएका थिए। यस्तै , दोस्रो हाफमा चाहिँ बुद्ध चोकका खेलाडीहरुले लगातार ५ गोल गर्दै ९-२ को भारी अन्तरले जीतेका थिए । सोहि क्रममा बुद्ध चोक टिमले विपक्षी टिमका किपरको आत्मघाती गोल पनि उपहार पाएको थियो। बुद्ध चोकका तर्फबाट मदन कुमार राईले एक्लैले ४ गोल प्रहार गरेका थिए भने वडाध्यक्ष नैना राईले १ गोल र राम बहादुर राईले २ गोल गर्दै आफ्नो टिमलाई ९-२ को फराकिलो अन्तरले हराउदै बुद्ध चोक विजयी बनाए । आजका विजेता बुद्ध चोक टिमलाई ५ हजार नगद, ट्रफी तथा ३ भाले प्रदान गरिएको थियो भने उप विजेता बोक्रे चोकलाई २ हजार रुपैयाँ नगद, ट्रफी सहित २ वटा भोलेबाट पुरस्कृत गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए।
 सटपुट/ छेलो प्रतियोगितामा मौसम लिम्बु , दिपेश ढुंगाना र श्याम राई क्रमशः प्रथम ,द्वितिय र तृतीय स्थान हासिल गरेका थिए। यसैगरी, आज नै सम्पन्न ४ सय मिटर दौड प्रतियोगितामा विनायक लिम्बु , मन क्षेत्री र सबिन श्रेष्ठ तृतीय स्थान हासिल गरेका थिए। त्यस्तै, २०० मिटरको दौड प्रतियोगितामा भीम महतारा , सविन श्रेष्ठ र बिनायक लिम्बु क्रमश: प्रथम, द्वितिय र तृतीय स्थान हासिल गरेका थिए उनीहरुलाई जनही नगद ३ हजार , २ हजार र १ हजार रुपैयाँको दरले पुरस्कृत भोलि समापनका अवसरमा प्रदान गरिने खेलकुद सप्ताह आयोजक समेत रहेका वडा अध्यक्ष नैना राईले बताए।पथरीशनिश्चरे नगरका प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेद प्रसाद गौतम तथा अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। उहाँले भोलिको पहिलो फुटबल खेलमा नगरपालिकाकाे जनप्रतिनिधिहरू तथा ईलाका प्रहरी कार्यालय पथरीका प्रहरीहरूबिच मैत्रीपूर्ण खेलमा आयोजना गरिएको जानकारी दिए। भोलि नै उपाधिका लागि वडा नं ३ र ७ बिच क्रिकेट च्याम्पियन कप र फुटबल खेलको बुद्ध चोक तथा देवीगञ्ज टीम बिच प्रतियोगिता हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *