माघ ९ गते, कानेपाेखरी ।

मोरङकाे कानेपोखरी–६, रमाइलोमा स्थापित जनसेवा माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरु २४ बर्ष पछि फेरी पुनर्मिलन भएका छन् । जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचका पूर्व विद्यार्थीहरुले माघ ७ गते पुनर्मिलन तथा वनभोजको कार्यक्रमको आयोजना गर्दै भेला भएका थिए । कार्यक्रममा विभिन्न विद्याका तीन जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

दक्षिण कोरियामा उच्चशिक्षा हासिल गरेका कानेपोखरी–२ डा.हेमप्रकास कार्की, पूर्व जनप्रतिनिधि पथरीशनिश्चरे–१० का मैना देवी फुयल आचार्य र वर्तमान जनप्रतिनिधि पथरीशनिश्चरे–८ का बाबुराम चौधरीलाई सम्मान गरेका थिए ।
उनिहरुलाई उर्लाबारी –२ स्थित बाँसेचौरीमा आयोजना भएको पुनर्मिलन तथा वनभोज कार्यक्रममा कदर पत्रले सम्मान गरिएको थियो । जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचको ग्रुप निर्माण गरी सम्पर्कमा आएजती पहिलो पटक पुनर्मिलन तथा वनभोजको आयोजना सम्पन्न गरेको व्यवस्थापन टिमका सदस्य मनकुमारी गुरुङले बताए ।

पहिलो पटक ४३ जना सहभागी भएका थिए । भेटघाट कार्यक्रममा सवैजना छलफलमै व्यस्त थिए । यो व्याचका पूर्व विद्यार्थीहरु यस अघिको पटक पटक जुट्ने प्रयासहरु असफल भएको थियो । यस्ता कार्यक्रम अर्को बर्ष अझ वृह्रद गरिने व्यवस्थापन टिमका सदस्य ऋषि लम्सालले बताए । कार्यक्रम यामप्रसाद(उमेश) पौड्याल, जनक ढकाल, दिनेश सुब्बा लिम्बु, मनकुमारी गुरुङ र ऋषि लम्सालको नेतृत्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा धरान, विराटनगर, इटहरी, झापा, पथरीशनिश्चरे, जाँते, कानेपोखरी, बेलबारी र विराटचोकबाट भेला भएका थिए । कार्यक्रममा शुभकामना आदनप्रदान पनि गरिएको थियो । जनप्रतिनिधि, शिक्षकशिक्षिका, राष्ट्र सेवक र गृहिणी जस्ता कार्यमा व्यस्त रहेको परिचयको क्रममा बताइएको थियो । जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचमा जम्मा २सय१५ जनाले एस.एल.सी पास गरेका थिए । जस्मा नियमित १सय३८, आंशिक ४७ जना र पुरक ३० जना रहेका थिए । उतिखेर ए, बि, सि, डि र ई सम्म सेक्सन रहेको थियो ।