पथरीशनिश्चरे, माघ- ९

मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई पूर्जा वितरण गरिएको छ । वडा कार्यालयमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे `सामना´ सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीनजंग कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पूर्जा वितरण गरिएको हो ।
पूर्जा प्राप्त गर्नेहरुमा वडाका चोकराज कटुवाल, जैसे मगर, टिकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पुर्णबहादुर माझी (क), पूर्णबहादुर माझी (ख), चन्द्रमाया कट्वाल, शुकविर माझी, इन्द्रबहादुर विश्वकर्मा र लोकबहादुर कार्की रहेका थिए।
अघिल्लो आयोगले गरेको अधुरो कामलाई पूरा गरी पथरीशनिश्चरेमा प्रथम पटक पुर्जा वितरण गरिएको वडा अध्यक्ष नविनजंग कार्कीले जानकारी दिए । यसैगरी, शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुल चौक, बागडुग्रा टाेल राई डाँडा लगायतको क्षेत्रमा नयाँ नापी सुरु गर्न स्थलगत अनुगमन पनि गरिएको छ ।