माघ- १२गते

माेरङ्गकाे पथरीशनिश्चरे नगरपालिकाले १२ औं नगरसभाबाट पारित भएका विभिन्न निर्णयहरु आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०७९/०८० को पौष मसान्त सम्मको नगरपालिकाको प्रगति विवरण प्रस्तुत गरिएको हो।

नगर प्रवक्ता नवीन कार्कीले उक्त पत्रकार सम्मेलनमार्फत नगर कार्यपालिकाको हिउँदे अधिवेशनबाट हिजो ११ गते सम्पन्न भएको १२ औं नगरसभाले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेका हुन्। नगरप्रवक्ता कार्कीले एक विज्ञप्तिमार्फत नगरसभाबाट आर्थिक वर्ष २०७९ / ०८० को पौष मसान्तसम्मको नगरपालिकाको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए। सम्मेलन मार्फत वडा नं १ काे पथरी बजारमा रहेको बस
स्टेण्डको कारण बजार क्षेत्रमा भिडभाड, सवारी आगमन तथा व्यवस्थापनमा कठिनाई हुने जनाउँदै पश्चिम बस स्टेण्ड पथरी खोला पश्चिम खाली जग्गामा र पूर्व बस स्टेण्ड ट्राफिक प्रहरी कार्यालय अगाडि बसपार्क कायम गरी दुवै स्थानमा शौचालय निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको बताइयाे। सोही क्रममा पत्रकारहरूको जिज्ञासा निवारण गर्दै नगरप्रमुख मोहनप्रसाद तुम्वापोले पथरी शनिश्चरे
नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ कार्यपालिकाको नगरसभाबाट पारित भएको, वैज्ञानिक फोहोरमैला व्यवस्थापनको लागि नगरसभामा छलफल भई आवश्यक कदम चाल्न लागिएको, नगरपालिकाको शिक्षा सम्बन्धी व्यवस्थापन गर्न विधेयक २०७९ स्वीकृत भएको, आर्थिक वर्ष २०७८ / ०८९ को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा ७४ अंक प्राप्त
भएको बताए।

नगरप्रमुख तुम्वापोले नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने बारेमा अध्ययन भैरहेकोले आगामी नगर कार्यपालिकाको बैठकबाट पास गर्ने बताउँदै हालको नगरपालिका नगर कार्यपालिका कार्यालयको पार्किङ रहेको स्थानमा १ नं वडा समितिको कार्यालय भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र नगर कार्यपालिका कार्यालय भवन भन्दा उत्तरतर्फको खाली जग्गामा कम्पाउण्ड तथा टहरा निर्माण गरी पार्किङ स्थल
निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए।
उक्त अवसरमा नगरपालिकाकी उपप्रमुख देवी माया काफ्ले, लेखा संयोजक पिताम्बर वस्ती, वडा अध्यक्षहरु १,२,७ र १० कमश:भीम कुमार राई, नैना राई, उद्धव राज बस्नेत, जीवन खतिवडा, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य, नगरका सूचना संयोजक सन्तोष राई तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।