नगर प्रमुख तुम्वापोद्वारा सरस्वतीको प्रतिमा अनावरण ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता , माघ- १३
मोरङको पथरीशनिश्चरे वडा नं.- १ मा स्थापित पञ्चायत नमुना माविमा सरस्वती माताको प्रतिमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा अनावरण भएको हाे । विहिबार पञ्चायत माविको पूर्व विद्यार्थी समाजको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा वडा नं. -१ का वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साे अनावरण कार्यक्रममा संविधान सदस्य चण्डीप्रसाद राई, विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकी सहायक प्राचार्य द्वय बुद्धिनाथ अधिकारी , बीना राई विद्यालयका सल्लाहकार / समाजसेवी युवराज बास्काेटा , समाजसेवी पर्शुराम मिश्र शिक्षक / शिक्षिका र विद्यार्थीहरू, अभिभावकहरुकाे बाक्लो उपस्थिति रहेको थियो । साेही विद्यालयमा सरस्वती पूजापाठ गरि प्रसाद ग्रहण गरिएको थियाे। प्रदेश नं-१ काे पञ्चायत नमुना घाेषित विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला,पत्रकारिता, मानविकी र व्यवस्थापन अध्यापन हुँदै आएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *