ब्लाष्ट कर्मी प्रदीप जस्मैत सहित ८ पत्रकार सम्मानित ।थारु पाेर्टल

Spread the love
२१।माघ
भरौल, प्रदीप जस्मैत
सुनसरीको बराहक्षेत्र नगरपालिका ७ मा रहेको महेन्द्र माद्यमिक विद्यालय तित्रीगाछिले विद्यालय स्थापनाको ५० औ बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव कार्यक्रम अन्तरगत विद्यालयलाई योगदान दिने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ।
कार्यक्रममा विद्यालयको भौतिक , शैक्षिक , सामाजिक , सास्कृतिक बिकासमा अतुलनिय याेगदान दिने विद्यालयका सस्थापक विद्यालय ब्यबस्थापन समितिका ५७ जना प्रतिनिधिहरुलाई विद्यालयले सम्मान गरेको छ। त्यस्तै विद्यालय सेवा क्षेत्र भित्र रहेका ८० बर्ष भन्दा माथी उमेर समुहका १० जना जेष्ठ नागरिकलाई पनी सम्मान गरेको छ । साथै ६० बर्ष भन्दा माथिका ४६ जना जेष्ठ नागरिकलाई पनि एक साथ खादा र सम्मानपत्रले सम्मानित गरिएको छ। विद्यालयले आफ्नो क्षेत्रमा रहेको बिशेष  ब्यक्तिहरुलाई पनि स्वर्ण महोत्सवको अवसरमा  सम्मान  ८ जना  असक्त भएका ब्यक्तिहरुमा समेत सम्मान गरेको थियो।
स्वर्ण महोत्सव मुल समारोहका संयोजक पर्शुराम आचार्यका अनुसार विद्यालयले विभिन्न क्षेत्रमा रहेका ब्यक्तिहरुलाई थप हौसला प्रदान गर्न सम्मान गरिएको बताएका छन । विद्यालायले गरेको भब्य कार्यक्रममा विद्यालयको गतिविधिको समाचार प्रस्फुटन गर्ने तथा समाजमा सकारात्मक सन्देश प्रभाव गरेको भन्दै विभिन्न मिडियामा आबद्ध पत्रकारहरुलाई सम्मान गरेको हो।
समाजमा हुने हरेक गतिविधिको बारेमा आम जनताहरुलाई सुसूचित गराउने तथा समाज रुपान्तरणमा भुमिका खेल्ने महत्त्वपूर्ण सञ्चार माध्यममा कार्यरत ब्लस्ट दैनिकका सन्तोष गुप्ता र प्रदीप जस्मैत, कोशी सम्मान साप्ताहिक पत्रीका सम्पादक हिरन्य कार्की , पहिलो पुर्वी खवर अनलाइनका रमेश थापा, राजन घिमिरे र लक्षण कट्वाल, बराहक्षेत्र नगरका प्रेस सँयोजक संगम बिष्ट त्यसै गरी बराह दर्पण अनलाइनका दिपक पुरी गरी ८ जना पत्रकारहरुलाई विद्यालयले सम्मान गरेको छ।
त्यस्तै बराहक्षेत्र नगरपालिकालाई क्षेत्र बनाई साहित्य रचना तथा सिर्जना गर्ने साहित्यिक सर्जकहरुलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेहरुमा प्रहलाद भट्टराई , प्रकाश दिप्सेली , नगेन्द्र बजगाई र छबिना मगरलाई पनि एकसाथ सम्मान गरेको छ। विद्यालयले मरोपणान्त सम्मान बाट विद्यालयलाई अतुलनीय योगदान दिने १५ जनालाई सम्मान गरेको छ। २०२९ सालमा स्थापना भएको विद्यालयमा अध्ययन गर्ने पहिलो ब्याजका ४ जना विद्यार्थीहरु प्रमानन्द पौडेल , सरण लिम्बू,यादब माझी र यज्ञ न्यौपानेलाई पनि सम्मान गरेको छ। त्यस्तै विद्यालय स्थापना देखि विद्यालयको नेतृत्व सम्हाल्ने पुर्ब प्रधानाध्यापकहरु गोबिन्द श्रेष्ठ , विष्णु ढकाल र काशिनाथ बराललाई पनि सम्मान गरेको छ ।
साथै विद्यालयको सस्थापक शिक्षक राधा अधिकारी लगायत पुर्ब शिक्षकहरुलाई पनी सम्मान गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए ।स्वर्ण महोत्सव अन्तरगत माघ १२ गतेदेखी सुरु भएको स्वर्ण सप्ताह अन्तर्गत भएको कार्यक्रममा बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीको प्रमुख आथित्यतामा सप्पन्न भएको थियो । साथै बिशिष्ट अथित्यता निबर्तमान नगर उपप्रमुख कमला मगर र नगर शिक्षा शाखा प्रमुख देबेन्द्र मल्लको रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले बराहक्षेत्र नगरपालिकामा रहेको यश विद्यालयले आयोजना गएको स्वर्ण महोत्सव कार्यक्रममा आएर आजको माहोल हेर्दा उत्कृष्ट लागेको बताए।
यश क्षेत्रमा रहेको कोशी बाढीपीडित क्षेत्रमा स्थापना गरिएको साबिकको अवस्था बाट आज ५० औ बर्षमा आइपुगेर विद्यालयले स्वर्ण महोत्सव मनाउनु ठूलो उपलब्धि भएको बताए। विद्यालयको सम्पूर्ण टिम सक्रिय भएको कारणले गर्दा सप्ताहब्यपी कार्यक्रम गर्न विद्यालय सफल भएको बताएका छन । साथै उनले विद्यालयले आज बराहक्षेत्र नगरमा कुनैपनि विद्यालयले गर्न नसकेको सबैभन्दा धेरै विद्यामा विद्यालय प्रती सद्भाव राख्ने जेष्ठ नगारिकहरुलाई सम्मान गरेकोमा ज्यादै खुशी ब्यक्त गरेका छन। बराहक्षेत्र नगरपालिकाकै पहिलो विद्यालयको रुपमा महेन्द्र माबिले सबै क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेर राम्रो काम गरेको बताउदै अन्य विद्यालयले पनि यश कार्यको अनुसरण गर्नुपर्ने बताए। सम्मान कार्यक्रममा विद्यार्थी अभिभावक लगायत विद्यालय विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे । स्वर्ण महोत्सव अन्तरगर आज समुदघाटन कार्यक्रम रहेको छ। ५० औ स्वर्ण स्मारकको समुदघाटन प्रदेश न १ का प्रदेश प्रमुख परशुराम खापुङ्द्वारा भब्य रुपमा गरिने विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *