फाल्गुन। ३
रविन्द्र बराल
माेरङकाे सुनवर्सि नगरपालिका बडा नम्बर ५ ले ज्येष्ठ नागरिक तथा सेवा निवृत कर्मचारी हरु लाई वडाकाे सभाहलमा सम्मान गरेकाे छ ।
पूर्व शिक्षक, कर्मचारी , स्थास्थ्यकर्मी लाई सम्मान गरेकाे हाे । जेष्ठ नगरिक लाई कम्वल बितरण गर्नुका साथै निवृत्त कर्मचारी हरुलाई कदर पत्र र दाेसहल्ला ओडाएर सम्मान गरेका थिए। कार्यक्रममाकाे प्रमुख अतिथि नगर प्रमुख श्याम प्रसाद राजवंशी, उप प्रमुख मिरा देवी दास केवरत, प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल, लेखा अधिकृत देवेन्द्र थापा , वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर , कुमार बुडाथाेकी, स्थानीय कमलेश्वर ठाकुर , बुद्धिजीवी , समाजसेवी लगायतकाे समेत उपस्थिति रहेको थियोे । अथिति हरुले भने यसरी बृद्धअबश्था मा रहेका परिवार लाई वडाले सम्मान गरेकाे मा धन्यवाद समेत दिएका छन । वडा ले २ सय जना बृद्ध, बृद्धा, अपाङ्ग, अतिविपन्न परिवारलाई कम्वल बितरण गरेका थिए ।