फाल्गुन ५

माेरङकाे रंगेली नगरपालिका भित्र रहेका अतिविपन्न परिवारका महिला हरुलाई आत्मा निर्भर गर्ने उद्शले उपमेयर उद्घमशिल कार्यक्रम अन्तर्गत सामाग्री बितरण गरेका छन । नगरभित्र बसाेवास गर्दे आएका गरिव,एकल महिला तथा अतिविपन्न परिवारले आफ्नो परिवारलाई पालनपोषण गर्नेका लागि हाटबजार , सडक पेटि लगायतका स्थानमा सानाे व्यपार गरेर दैनिकी जिवनयापन गर्दे आईरहेका छन ।
उनिहरुले भक्का, आलुचप जस्ता व्यपार गरिरहेता पनि उनिहरुले पकाउनका लागि प्रयोगमा ल्याएकाे सामग्री हरु पुरानाे, फुटेका र कामै नलाग्ने गरि प्रयोगमा ल्याए पछि नगर ले उनी हरुलाई केही राहत हाेस भन्ने उद्शयले १ देखि ९ बटै वडा सम्मका अति बिपन्न परिवारलाई बाल्टिन,जग,आरी, बटुका, गिलास र हड्केश बितरण गरेका छन। बडा नम्बर ७ काे प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे सामग्री बिक्रीवितरण गरेकाे हाे ।
महिला उद्यमी हरुलाई उपमेयर भुमा पराजुली , बडा अध्यक्ष रामचन्द्र मंण्डल, बडा सचिव सर्मिला ठाकुर वडा सदस्य देवमणी कटुवाल, अन्पुर्ण मंण्डल, रुपा बिश्वकर्मा, स्थानीय पुर्साेतम काफ्ले लगायतले उक्त सामग्री बितरण गरेका छन ।
रंगेली ७ काे पिपल चाेकमा बर्षाेदिन देखि भक्का, आलुचप व्यवसाय गर्दे आईरहेकी विन्दि देवी मंण्डलका अनुसार आफुहरुलाई नगरले आत्मनिर्भरका लागि व्यपार गर्ने सामग्री बितरण गरेकाे र आफ्नो आत्माबल समेत बडेकाे र आगामी दिन हरुमा समेत यसरी नगरले यस्तो कार्यक्रम लाई निरन्तरता दिन समेत आग्रह गरेकी छन ।