फागुन।५।कानेपाेखरी
विद्यानन्द चाैधरी
थारु चलचित्र तथा सास्कृतिक सँघकाे प्रस्तुतिमा निर्देशक जनक चाैधरीकाे हाेली गित खुसिल्याके एलै हाेली नामकाे गित TFCA Nepal यु टुव च्यानलबाट फागुन ४ गते झुम्काकाे 3D सिनेमा हलबाट सार्वाजानिक भएकाे हाे । उक्त गित हाेलिकाे अबसर पारेर थारु जातीहरुकाे पर्वमा माया, सदभाव, प्रेम, थारु भाषाकाे हाेलीकाे फाेकरा आदी विषय शब्दहरु समेटिएर बनेकाे गितले हाेलीमा निकै माहाेल तताउने जानकारी गितकाे निर्देशक जनक चाैधरीले थारु पाेर्टललाई जानकारी दिए ।
गितमा अन्जली चाैधरीकाे शब्द सँगित रहेकाे छ भने देव कुमार विश्वाश र अन्जली चाैधरीकाे सुमधुर स्वरले गाईएकाे गितमा थारु महानायक प्रशुराम चाैधरी जानकी चाैधरी विनाेद पन्नालाल ललिता चाैधरी लगायतकाे बेजाेड प्रस्तुती रहेकाे छ ।गितकाे छायाङ्गकन रविन चाैधरीकाे रहेकाे छ ।काेरियाे ग्राफि भने आशिष चाैधरीकाे रहेकाे छ भने गितकाे एरेन्ज सुरज ।श्रेष्टले गरेका छन ।