कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु ।थारु पाेर्टल

Spread the love
फागुन।६
कानेपाेखरी
कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएकाे छ ।पहिलो खेल तेक्वान्दो वाट सम्पन्न भयाे । कानेपोखरी गाउपालिका स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ ।  आज फागुन ६गते शनिबार भएको पहिलो खेलकाे उदघाटन खेलकुद बिकास समिती अध्यक्ष चरण गुरुङले गरेकाे  थियो ।
प्रतियोगितामा महिला ४२ के जि तर्फ लिला माया गुरुङ जनसेवा मा बि प्रथम ,पृन्सा कार्की जनसेवा मा बि दोश्रो ,४४ केजि महिला तर्फ रितिका चौधरी बाल मा बि प्रथम, दिप्सना तामाङ माउन्ट हर्मोन दोश्रो र महिला ४६ केजि तर्फ नन्दिका धिमाल जनसेवा माबी प्रथम, बिनिस धिमाल पल एकेडेमी दोश्रो भएका छ्न  ।
यस्तै पुरुष तर्फ ४५ केजिमा आर्यन राई माउन्ट हर्मनबाट प्रथम, मौसम लिम्बू माउन्ट हर्मन बाटैदोश्रो , ४८ केजि तर्फ आशिष् भुजेल माउन्ट हर्मन प्रथम ,राजिन तामाङ जनसेवा दोश्रो , भिजन मैनाली जनसेवा माबी  प्रथम र सुन्दर लिम्बु जनसेवा मा बि दोश्रो भएको itf कानेपोखरी अध्यक्ष  युबराज भुजेलले बताए । दुई दिन सम्म संचालनमा रहने रनिङ शिल्डमा भलिबल , कबडि,दाैड,लङ जम्प , हाइ जम्प, सट पुट र ज्याब्लिन थ्रो लगायतका खेलहरु रहने शिक्षा शाखा प्रमुख बेग बहादुर काफ्लेले बताउनुभयो ।
सम्पुर्ण खेलहरुमा पालिकाभरीका करिब १० भन्दा बढी बिधालयका १८ वर्ष मुनिका विद्यार्थीले सहभागिता जनाउने काफ्लेले बताउनुभयो । कार्यक्रममा जनसेवा मा बि शिक्षक राज कुमार भट्टराई , आइ टि एफ का गणेश गिरी राजेन्द्र गुरागाई , नारायण कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *