कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको ग्रेडिङ सम्पन्न ।थारु पाेर्टल

Spread the love

फागुन ६
कानेपोखरी, 

मोरङकाे कानेपोखरी-६ रमाइलोमा स्थापना भएको कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको नियमित ग्रेडिङ शनिबार सम्पन्न भएको छ ।जनसेवा माविको प्राङ्गणमा सम्पन्न ग्रेडिङ्गको सञ्चालन प्रशिक्षकहरु नवीन तामाङ र चतुरलाल चौधरीले गरेका थिए । खेलाडिहरु शारीरिक र मौखिक परीक्षामा सामेल भएपश्चात प्रशिक्षकहरुद्वारा ग्रेडिङ्ग गराइन्छ ।

५२ जना सहभागी खेलाडिहरुको कलर ग्रेडिङ्ग गरिएको थियो । सो मध्येबाट १ जना वाइट बेल्टमा, ३ जना एल्लोमा, २२ जना स्टेप ग्रीनमा, ६ जना ग्रीनमा, ७ जना स्टेप बिल्युमा, ६ जना बिल्युमा र ७ जना स्टेप रेड बेल्टमा ग्रेडिङ्ग भएको कानेपोखरी आइटिएफ अध्यक्ष युवराज  भुजेलले जानकारी दिए ।

 

आत्मरक्षा र अनुशासनको लागि खेलिने यस खेलप्रती पछिल्लो समय चासो बढ्दै गएको भुजेलले बताए । उनले भने, ‘देशमा खेलकुदप्रति आफ्नो भविष्य देखेर यसैमा लाग्ने युवाहरुलाई देशले चिन्न सक्नुपर्छ। हाल खेलकुदमा लागेका धेरै खेलाडीहरुमा नैरासयत छाएको छ यसबारे देशले ध्यान दिन अत्यन्त जरुरी छ’ ।

चतुरलाल चौधरीले तेक्वाण्डो खेलले बालबालिकाको शारीरिक र मानसिक क्षमतालाई स्फुर्त राख्ने र खेलसँगै पढाईलाई पनि सगँसगै लग्न सुझाव दिए । ‘आफ्नो पाठ्यक्रमका कुराबाहेक नरम क्षमताको रूपमा विभिन्न खेलहरू पनि सिक्दै जानु समयको माग हो यसलाई निरन्तर राख्न, पनी जरुरी हुन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *