कानेपोखरी गाउँपालिकामा १३ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आज देखी ।थारु पाेर्टल

Spread the love

फागुन ६ गते, कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिकामा १३ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आज शनिबार देखी हुदै छ ।  पहिलो खेलमा कानेपोखरी आईटिएफ तेक्वान्दो खेल हुने भएको छ ।कानेपोखरी गाउपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने  छ ।

तेक्वाण्डो खेलमा पुरुष तर्फ ४४देखी ४८ र ५१ केजि तर्फबाट आशिष भुजेल, राजिन तामाङ, आर्यन राई, भिजन मैनाली र सुन्दर लिम्बु विच खेलहुने कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङका अध्यक्ष युवराज भूजेलले जनाएका छन् । यस्तै महिला ४२,४४ र ४६ केजि तर्फबाट पिन्सा कार्की, लिला माया गुरुङ, रितिका चौधरी, दिप्सना तामाङ, नन्दिका धिमाल र बिनिसा धिमालले खेल्ने भएका छन् ।

फागुन ७ र ८ गते प्रतियोगिता अन्तरगत छात्राछात्र भलिबल, छात्राछात्र कबडि, दौड, लङ्जम्प, हाइजम्प, सटपुट र ज्याब्लिन थ्रो खेल हुने शिक्षा शाखा प्रमुख बेग बहादुर काफ्लेले बताए ।खेलकाे आयाेजना कानेपाेखरी गाँउपालिकाले गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *