दलित महिला हरुलाई उद्यमी बनाउदै नगरपालिका ।थारु पाेर्टल

Spread the love
फागुन।६
रबिन्द्र बराल
“स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले सात दिने सिलाई कटिङकाे तालिम सुरु गरेको छ ।
नगरले सबै वडाका दलित महिला हरुलाई केही सीप सिकाएर आत्मानिर्भर बनाउने उद्श्यले फाल्गुन १ गतेदेखि ८ गतेसम्म सिलाई कटिङ तालिमको आयोजना गरेकाे हाे । रंगेली ७ स्थित तालिम केन्द्रकाे भवनमा दलित महिला हरुले आफ्नो घर व्यवहार मात्रै नभए र केही सीप सिकेर आफ्नै खुट्टमा उभिएर केही गर्ने सकुन भन्ने उदेश्यका साथ २० जना दलित महिला हरुलाई यस्तो कार्यक्रम गरिएको हाे । दलित महिला हरु घरमा मात्रै सिमित नभए र आफ्नो क्षमता अनुसार केही राेजगारी गर्ने सक्छन भन्ने उदेश्य का साथ यस्तो कार्यक्रमकाे आयोजना गरिएकाे रंगेली नगरपालिका उपमेयर भुमा पराजुलीले बताईन ।
सिलाई कटिङ तालिम पछि उनिहरु लाई थप उद्यमशिल बनाउन साता दिन काे मात्रै नभएर अझै राम्रो गर्ने सकेमा प्रभावकारी रुपमा अगाडि बडाउन आफुहरुले सहयोग गर्दे जाने र मेसिनकाे पनि व्यवस्थापन गरेर अगाडि बडने पराजुलीले बताईन । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरकाे आयोजना तथा रंगेली नगरपालिकाकाे सहकार्यमा कार्यक्रम गरिएको हाे । नगरले दलित महिला हरुलाई यस्तो कार्यक्रम ले घरमा मात्रै नभए र आफू हरुले समेत सिपसिकेर केही गर्ने सकिन्छ भन्ने बाटाे देखाएको मा आफू हरु खुशी भएको सहभागी हरुले बताए । कार्यक्रममा उद्यम विकास सहजकर्ता पवन रावल र निर्जला विश्वकर्माले प्रशिक्षक दिएका थिए । सहभागी हरुलाई सिलाई कटि मा सुरुमा गर्नुपर्ने काम र कर्तव्य का बारेमा जानकारी समेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *