फागुन ७ गते,
कानेपाेखरी ।

मोरङको कानेपोखरी–४, थानचौरीमा रहेको ऐनिहासिक थप्परसिंह महाराज थानको भवन शिलान्यास गरिएको छ । शनिबार महाशिव रात्रिको अवसर पारेर भवनको गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले शिलान्यास गरेको हो ।


गाउँपालिकाबाट साँढे ४ लाख ४७ हजार रकम विनियोजन भएपछि थान यस बर्ष बन्ने भएको छ । थानमा १३वाई १३ को एउटा ठुलो मन्दिर र अरु सबै विभिन्न देवीदेवताको साना साना मन्दिरहरु निर्माण गरिने थान निर्माण समितिका सचिव सुशिला गिरीले बताइन । त्यहाँको अरु रकम जुटाई घेराबारा र साना सान मन्दिरहरु निर्माणको तयारीमा रहेको निर्माण समितिले जनाएको छ । थानमा विशेष गरी आदिवासीहरुले हरेक चाडपर्वमा पुजाआज गर्ने गरेका छन् । आदिवासीहरुको विवाह हुनु अघि र वेहुलि भित्राउनु भन्दा अघि थानमा पुर्याएर मात्र भित्राउने चलन छ । आदिवासी मात्र होइन त्यहाँ सबै जातजातीले आफ्नो भाकल गरी पुजाआज गर्ने प्रचलन छ । बैसाख १३ गते बैशाखी मेला लाग्ने गरेको छ । थानको छेउमा थानेश्वर आधारभूत विद्यालय समेत रहेकाे छ ।