फाल्गुन ७ आईतबार
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिकाले लैङ्गिक हिंसापीडित महिलालाई पुनस्थापना का लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त भएको ५० हजर रुपयाँमा नगरपालिकाले तीन लाख रुपयाँ थप गरी ११ जना महिलालाई पुनस्थापनाका लागि सहयोग गरेको छ।

रंगेली नगरपालिका १ बस्ने पूजा खवास लाई श्रीमानले छोडेको १० वर्ष भयो बिहे गरेकोे एक वर्षमात्रै उहाँले श्रीमान संग बसेकाे उनलेे बताईन । बुवा आमाले परम्परागत रुपमा विवाह गरेर दिएका थिए । तराईमा माइत घरमै बस्ने चेलीले बेहोर्ने सबै खाले दुःखको अनुभव गरिसक्नु भएकाे छ । पूजा अहिले आफ्नै खुट्टामा उभिनका लागि सङ्घर्ष गरि रहेकि छन । रंगेली नगरपालिकाले सञ्चालन गरेको सिलाइ कटिङ तालिम लिए पछि अहिले उनलाई नगरपालिकाले एक थान सिला मेसिन दिएर सहयोग समेत गरेको छ ।

लैङ्गिक हिंसापीडित ४० वर्षीया रिङ्की बानुले अझ कष्टकर जीवन बिताइ रहेकी थिईन । मुस्लिम समुदायमा पतिले छोडेपछि महिलालाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । अझ उहाँसँग दुईवटी छोरीलाई पढाउने र पाल्ने जिम्मेवारी पनि थियो । उनलाई सामान्य कस्मेटिक (शृङ्गार प्रसाधन) व्यापार गर्दै आउनुभएकी रिङ्की नगरले दिने पुँजीबाट पसल बिस्तार गर्ने सामग्री समेत दिईरहेकी छन । ११ जना महिलालाई पुनस्थापनाका लागि नगरले किराना सामान, कस्मेटिङ सामाग्री ,सिलाई मसिन, गाई र बाख्रा बितरण गरेका छन । कार्यक्रममा उपमेयर भुमा पराजुली ,कार्यकारी अधिकृत, विभिन्न महिला सन्जालका प्रतिनिधि लगायत काे समेत उपस्थिति मा सामग्री बितरण गरेका थिए ।