फाल्गुन ९ मंगलबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ६ स्थित साहुटाेलमा ३ दिने नेपाल सन्तमत सत्संगको कार्यक्रम सुरु भएको छ ।
भारतका बाबा शाही धाम दानापुर पटनाबाट ब्रहमलिन संत सद्गुरु महर्षि मेंही परमहंसज्य महाराजको परम शिष्य ब्रहमलिन महर्षि शाही स्वामीज्यू महाराजको प्रिय शिष्य स्वामी श्री ओमानन्दज्यू महाराज एवम् अन्य साधु-महात्माहरूको प्रवचन गरेका थिए । सत्संग फाल्गुन ९ गतेदेखि ११ गतेसम्म हुने भएको छ। कार्यक्रममा क्षेत्र नम्बर ५ (क) का गयानन्द मंण्डल, रंगेली नगरपालिका मेयर दिलिप बगडिया, विभिन्न वडा का बडा अध्यक्ष स्थानीय बुद्धिजीवी लगायतकाे उपस्थिति रहेको थियोे ।

सत्सग श्रवण गर्नेका लागि सुनवर्सि नगरपालिका ,धनपालथान गाउँपालिका लगायतका बृद्ध,बृद्धा हरुकाे उल्लेख्य सहभागीता रहेको थियोे । स्वामी श्री ओमानन्दज्यू महाराजले हत्या हिन्सा गर्न नहुने, अरुलाई छलकपट गर्ने नहुने, राम्रो काम गरे सबैले माेक्ष पाउने , अरुकाे भलाइ हुने काम मात्रै गर्नु पर्ने लगायतकाे कुराका बिषयमा ज्ञान समेत दिएका थिए ।