रंगेलीमा ३५ जनामा हात्ती पाईले राेग फेला पर्येा सबै नागरिकलाई ओैषधि सेवन गर्ने नगरकाे आग्रह ।।थारु पाेर्टल

Spread the love
फागुन।९ 
 कोही नछुटौं, कोही नदोहोरि औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने भएको छ ।
रंगेली नगरपालिकामा हाल सम्म ३५ जना लाई हात्ती पाईले राेग समेत लागेकाे हुनाले अब नगरवासिलाई हात्ती पाईले राेग नलागाेस भन्ने उदेश्यले नगरलाई हात्तीपाईले रोग मुक्त बनाउन अभियान सुरु गरेको हाे । नगरकाे सभाहलमा भएको एक दिने गोष्ठीमा हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०८९ लाई सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गनरेका नगरवासिलाई विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।
रंगेलीका मेयर दिलिप बगडियाले योजना सहित वडा स्तरमा गएर वडा अध्यक्ष ,सद्स्य, स्वास्थ्य शाखा राजनीतिक दल, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भए अभियानको सफलताका सम्पन्न हुने कुरा समेत बताए । गाेष्ठिमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , बडा अध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईं , वडा सदस्य देवमणी कटुवाल, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मंण्डल स्थानीय बुद्धिजीवी लगायतकाे समेत सहभागीता रहेको थियोे । फागुन ११ देखि सञ्चालन हुने अभियानमा यसपटक नगरका ९ वटा वडामा रहेका स्वास्थ्य शाखा मार्फत स्वयंसेवक गाउँमा खटाएर कार्यक्रम प्रभावकारी बनाउन लागिएको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *