९ बर्ष बितिसक्दा समेत पुलकाे काम भने सम्पन्न हुन सकेकाे छैन ।गेउरिया पुल कहिले बन्नला त ? बारम्बार दुर्घटना सम्धित निकाय माैन ।थारु पाेर्टल

Spread the love
फागुन ।११ बिहीबार 
माेरङकाे दक्षिणान  रंगेली उत्तरमा  कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गेउरीया पुल निर्माणकार्य सुरु भएको ९ बर्ष बितिसक्दा समेत पुल भने निर्माण सम्पन्न हुन सकेन ।
बर्षाेदेखि ठेक्केदारकाे लापरबाहीका कारणले गर्दे समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा साे ठाउँमा पटकपटक दुर्घटना हुदाँ कम्तिमा ९ बर्षकाे अबधिमा ५ जनाकाे ज्यान समेत गएकाे छ ।
बर्षाकाे समयमा काेही माेटरसाईकल सहितत काेही पैदल यात्री डुवेर बेपत्ता भएर दुई दिन पछि  मृत अवस्था फेला परेका थिए ।रातिको समयमा माेटरसाईकल अनियन्त्रित भई दैनिकी दुर्घटना समेत हुँदै आएकाे स्थानीयले बताए । सवारी साधन पल्टिने दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर चलिरहेको छ । एक बर्ष अगाडि पुल निर्माणकार्यमा लापरबाही भयो भनेर स्थानीयले जिल्ला प्रशासन मा २०७८ माघ ६ गते निवेदन दिएको र १७५२ नम्बरमा दर्ता समेत गरिएका थिए ।
तर अहिले सम्म कुनै सुनवाइ भएको छैन सबै पक्ष मुख दर्सक भएर बसिरहेका छन । बिगत ९ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि पुल निर्मण सुरु गरेर पुलकाे दुवै साईडमा पिलर बनाएर छाडेपछि अहिले साेहि पिलर मा ठाेकिएर दुर्घटना समेत भईसकेकाे स्थानीयले बताए । पुल  निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले ठेेेक्का पाएकाे थियोे । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँमा ठेक्का समेत पाएकाे थियोे । सराउद्विन जेविले दुई बर्ष भित्र पुल निर्माणकार्य सम्पन्न गरि सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने भएता पनि ९ बर्ष बितिसक्दा समेत पुलकाे काम भने सम्पन्न हुन सकेकाे छैन । सराउद्घिन का प्रमुखले भने चैत्र महिना भित्र काम सम्पन्न हुने उनलेे बताए ।समपन्न हुन्छ या हुदैन यसकाे ग्यारेन्टि भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *