रंगेलीमा मजदुर एक हुदै ।थारु पाेर्टल

Spread the love
फागुन । १३ 
रबिन्द्र बराल
नेपाल सरकार श्रम विभाग क्युपेक नेपालले सामाजिक सुरक्षा र मर्यादित रोजगार नेपाल बिजुली, पेन्टर , प्लम्बर तथा मजदुर हरुलाई छाता संगठनमा बिस्तार गर्ने थालेको छ ।
क्युपेक नेपालले रंगेली नगरपालिका भित्रमा छरिएर रहेका मजदुर हरुलाई आफ्नाे छाता संगठन ल्याउने उदेश्यका साथ समिति बिस्तार गरेको छ । नगरपालिकाकाे प्राङ्गणमा क्युपेक नेपालकाे कार्यक्रम रंगेली नगरपालिका मेयर दिलिप बगडिया, वडा सदस्य देबमणी कटुवाल, क्युपेक नेपालका जिल्ला अध्यक्ष सन्तव कुमाल , काेषाअध्यक्ष रुद्रप्रसाद घिमिरे ,जिल्ला सदस्य मन्टु दास, जिल्ला युवा सदस्य अबिषेक भारती लगायतकाे उपस्थिति समेत रहेको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दे नगर प्रमुखले भने मजदुर हरुकाे हकहितकालागी नगरपालिका सधै साथ र सहयोग रहिरहने र मजदुर हरु एक जुट भए र अगाडि बडेमा आफुहरुकाे साथ कायमै रहने प्रतिवध्यता जनाएका छन । निर्मल मंण्डलकाे संयोजकमा समिति बिस्तार गरेको छ ।समितिमा दिलिप मंण्डल ,भुग्नेश्वर मंण्डल, बिरेन्द्र मंण्डल, गाेकुल गिरि ,बासुदेव चाैधरी लगायतकाे ३१ सदस्य बिस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *