१५।फागुन।

माेरङ्गकाे बेलबारी-७ , कदमचौक मा रहेकाे न्यु भिजन युथ क्लबले भोलि मँङ्गलबार फागुन १६ गते कानेपोखरी गाउँपालिका तथा बेलबारी नगरपालिकाका विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।

बेलबारी नगरपालिकाको मुख्य आयोजना तथा जीवन विकास लघुबित्त संस्था, बेलबारी-७ को सहयोगार्थ उक्त कार्यक्रम आयोजना हुन लागेको हो। उक्त प्रतियोगितामा बेलबारी नगरपालिकाका नगर प्रमुख श्री दिल प्रसाद राई ज्युको प्रमुख आतिथ्य साथै नगर उप-प्रमुख श्री नितु थापा कोइरालाकाे विशिष्ट आतिथ्य रहने छ।
प्रतियोगितामा दुबै पालिकाबाट करिब २० सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहने जानकारी क्लबका सचिब सुजन दाहालले
थारु पाेर्टलाई जानकारी गराएको छ। प्रतियोगितामा विजयी विद्यालय र सहभागी विद्यार्थीहरुलाई ट्रफी, मेडल साथै प्रमाणपत्र वितरण गरिने छ। प्रतियोगिता भने बेलबारी-७, कदमचौककाे नव दुर्गा मन्दिरको प्राङ्गणमा आयोजना हुने छ।