ठाकुर प्रतिष्ठानले गर्याे शिवनारायण लाई आर्थिक सहयोग ।।थारु पाेर्टल

Spread the love
फागुन।१८
माेरङकाे सुनवर्सिनगरपाली ५ स्थित टकुवामा बसाेवास गर्दे आएका ५६ बर्षका शिव नारायण ठाकुर बिगत एक महिना देखि प्यारालाईसिस बाट शरीरकाे एक भाग नचले पछि उनकाे अहिले आर्थिक अभावका कारण सामान्य उपचार समेत हुन सकेकाे समचार एभिन्युज टेलिभिजन ,रंगेली अप्डेट, हिमाली सन्चार लगायतका सन्चार माध्यममा समाचर सम्प्रेषण भए पछि उनलेे आर्थिक सहयोग पाएका छन ।
रंगेली नगरपालिका भित्र बसाेवास गर्दे आईरहेका ठाकुर समुदायले स्थापना गरेको ठाकुर प्रतिष्ठानका सदस्य करण ठाकुर , श्रि प्रसाद ठाकुर , अनिरुद्र ठाकुर ,लगायतका सदस्यहरु शिवनारायणकाे घरमा पुगेर ३ महिनाकाे लागि ओैषधि उपचारका लागि सहज हाेस भन्ने उदेश्यका साथ ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेकाे र आगामी दिनहरुमा समेत प्रतिष्ठानले ठकुर परिवार हरुलाई सहयोग गर्दे जाने प्रतिष्ठानका सदस्य कमलेश्वर ठाकुरले बताए। बुवाकाे उपचार गर्नेका लागि आफू संग भएकाे ४ कठ्ठा खेतियाेग्य जमिन समेत गाउँमै ३० हजार रुपया लिएर सुदभर्ना दिएकाे उनकाे छाेरा दिपेन्द्र ठकुर ल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *