डाक्टरको लापरवाही भन्दै पथरीमा विरोध प्रर्दशन ।थारु पाेर्टल

Spread the love
फागुन-१८
पथरी समाचारदाता  
लोकगायक गौरव दर्पणकी अढाई वर्षिया छोरीको उपचारको क्रममा डाक्टरको चरम लापरवाहीका कारण निधन भएको भन्दै विरोध प्रदर्शन भएको छ। आज मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थित जनआन्दोलन चोकमा गायक दर्पणकी छोरी प्रशंसा गौतमको न्यायका लागि विरोध कार्यक्रम भएको हो ।
विरोध सभामा प्रशंसाको मृत्यु चिकित्सकको चरम लापरवाहीको कारण भएको र काठमाडौं रानीपाेखरीमा रहेको हिमालय अस्पतालका डा.जयदेव यादवलाई सरकारले चाँडो भन्दा चाँडो कडा भन्दा कडा कारवाही होस् भन्दै पथरीशनिश्चरेवासीहरूले जोडदार माग गरेका थिए । पूर्वी रमाईलो” बोलको गीत गाएर लोकप्रियता कमाएका लोकप्रिय गायक दर्पणकी प्रशंसा गौतमलाई न्याय दे, डा.जयदेव यादवलाई कारवाही गर र हजारौं प्रशंसाहरुको रक्षा गर, हिमालय अस्पताल मुर्दावाद, जयदेव यादवले आफ्नो गल्ती स्वीकार गर, नेपाल चिकित्सक संघमा को को बस्छन् ?मान्छे छन् कि पशु छन्? जस्ता नाराहरु सहित लेखिएको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
विरोध कार्यक्रममा पथरीशनिश्चरे नगरकी पूर्व मेयर यमुना विष्ट वास्तोला, पथरी जेसीजका अध्यक्ष सुवर्ण के.सी, कला साहित्य प्रवर्धदन समितिका अध्यक्ष अमीर राई , दाह्री ग्याङका अध्यक्ष अमर महरा,पूर्व जनप्रतिनिधि पर्शुराम न्यौपाने, लगायतका वक्ताहरुले राज्यको तर्फबाट पीडित र पीडितको परिवारलाई अविलम्ब न्याय दिनको लागि माग गर्दै नावालिका प्रशंसाको उपचारमा संलग्न चिकित्सकलाई तत्काल कारवाही गर्न आग्रह गरेका थिए। उक्त अवसरमा सयौंको संख्यामा नगरबासीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *