फागुन।१९।कानेपाेखरी
विद्यानन्द चाैधरी
माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीमा रहेकाे नव युवा क्लव कानेपोखरी-१ काे आयाेजनामा आजकाे उद्घाटन खेल कानेपाेखरी वडा न १ हाेक्लाबारी र कानेपाेखरी गाउँपालिकाकाे क्रमचारी विच खेल भएकाे थियाे ।कानेपाेखरी वडा न १ हाेक्लाबारीले टस जितेर पहिलाे व्याटिङ्ग राेजेकाे थियाे भने क्रमचारीले बलिङ्ग गरेका थिए ।वडा न १ हाेक्लाबारीले ३उईकेटकाे क्षतिमा १सय ६३ रनकाे टार्गेट दिएकाे खेलमा ६१ रनमै क्रमचारीहरु अल आउट भएकाे थियाे र १सय २ रनकाे हार बेहाेरेकाे थियाे । खेलकाे म्यान अफद म्याच वडा न १ हाेक्लाबारी का खेलाडि रविन भण्डारी घाेषित भए र नगद रु १ हजार प्राेत्सान स्वरुप प्राप्त गरेका थिए ।
खेलकाे उद्घाटन कानेपाेखरी वडा न १ हाेक्लाबारीका वडा अध्यक्ष तथा प्रमुख अथिती रत्नन बहादुर कार्कीले एमपायरलाई व्याट तथा वल हस्तानतरण गरेर खेल औपचारीक रुपमा उद्घाटन भएकाे थियाे ।
खेल२७ गते सम्म श्री मा.वि होक्लाबारीको खेलमैदानमा सन्चालन हुने भएकाे छ ।जसमा कानेपाेखरीका ७ वटै वडा र १टिम क्रमचारी गरी जम्मा ८वटा टिमकाे सहभागिता रहने जानकारी कल्वका अध्यक्ष प्रमाेद ठाकुरले थारु पाेर्टलाई बताए । उक्त खेलमा प्रथम हुने टिमलाई नगद पुरस्कार – रु. २०हजार मेडल ,ट्रफि ,प्रमाण पत्र प्रदान गरिने छ ।त्यस्तै देस्राे हुने टिमलाई नगद रु. १०हजार मेडल ,ट्रफि ,प्रमाण पत्र प्रदान गरिने छ र खेलकाे Man Of the Match लाई रु. १हजार Man of the Series लाई रु. २हजार प्रेात्साहान स्वरुप प्रदान गरिने छ ।खेल श्रि मावी हाेक्लाबारीकाे चाैरमा खेलाईने छ । खेलमा सहभागी हुने वडा तथा टिमले दर्ता शुल्क रु. १५सय तिरेर मात्र खेलमा सहभगी हुन पाउने कुराकाे जानकारी कल्वकाे सचिवले बताए ।खेल Tennis बलले खेलाइने छ । खेल वडाकाे सवै वडा सदस्य तथा विभिन्न पार्टीका प्रतिनिधिहरु समेत काे आथित्यता रहेकाे थियाे ।भाेलिकाे खेल वडा न २ र ५ अर्काे सेट ६ र ७विच हुने छ ।