अखिलको अगुवाइँमा क्याम्पसअघि जेब्रा क्रसिङ ।थारु पाेर्टल

Spread the love
फागुन २१,
पथरी समाचारदाता ।
 कम्युनिष्टहरूले प्रत्येक फागुन २१ गतेलाई सुखानी शहिदका नाउँमा सम्झने गर्दछन् । यसपटक एमाले निकट अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटीले आफूहरू अध्ययनरत क्याम्पस हाताबाहिर जेब्रा क्रसिङ तयार गरेर सम्झिएको छ । पथरी–शनिश्चरे खण्डका लागि यो मार्ग सहायक मात्र भए पनि मूल मार्ग झैँ निकै महत्त्वपूर्णमार्गको रूपमा प्रयोगमा आउने गरेको छ ।
 पैदल यात्रुबाहेक पनि दुई र चार पांग्राको यहाँ घुइँचो लाग्ने गर्दछ । स्ववियु निर्वाचन नजिकिँदै गर्दा अखिलसँग प्रतिस्पर्धा गर्न उत्रिएको काँग्रेस निकट नेविसंघले भने यसलाई निर्वाचन आचारसंहिता प्रभावित तुल्याएको भनेर केहीबेर होहल्ला गरेको थियो ।
क्याम्पस प्रशासन क्षेत्र र हाताबाहिर जेब्रा क्रसिङको संकेत तयार गर्ने विषयलाई पनि स्ववियु निर्वाचन र यसको आचारसंहिता आकर्षित भनिनु नेविसंघको योग्यता रहेको भन्दै कतिपयले यसलाई हाँसोमा लिएका थिए । जेब्रा क्रसिङ निर्माण कार्यक्रम स्थानीय ट्राफिक प्रहरी कार्यालयको सहयोग र समन्वयमा भएको थियो । कार्यालयको तर्फबाट उपस्थित दुइजना अधिकारीका अतिरिक्त स्थानीय समाजसेवी युवराज बास्कोटा, शिक्षक राजु तिम्सिना, युवा नेता उपेन्द्र मादेन लिम्बू, विद्यार्थी नेताहरू निता कुलुङ राई, जनक पोखरेल, उज्ज्वल लोकान्द्री, महेश कार्की, रञ्जीत कार्की, रोहित कटुवाल, मोनिका न्यौपाने, ईश्वर दुलाललगायत दर्जनौँको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *