मादेन चुनिए युवा संघको नगर अध्यक्ष ।थारु पाेर्टल

Spread the love
फागुन -२१
पथरी समाचारदाता ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, पथरी शनिश्चरे नगरपालिका कमिटीले आफ्नो नगर सम्मेलन सीनभिलेज प्यालेसमा हिजो शनिबार अत्यन्तै सौम्य, सभ्य र भव्य रूपले सम्पन्न गरेको छ । युवा संघले सम्मेलनमार्फत नेतृत्व निर्माण, विकास र नीतिगत हिसावले यसको परिस्कृत अवस्थालाई महत्त्व दिँदै आएको छ । नेपालको बामपन्थी र कम्युनिष्ट आन्दोलनले युवा–विद्यार्थी आन्दोलनको मोर्चालाई यसको भट्टिको रूपमा बुझ्दै आएको छ ।
शहरका आमयुवामाझ अत्यन्तै सरल, सादा र सादगी युवा व्यक्तित्व बनाउनुभएका उपेन्द्र मादेन लिम्बूलाई सम्मेलनले सर्वसहमत नगरको प्रमुख नेतृत्वमा चयन गरेको छ । युवा नेता लिम्बूको प्रमुख नेतृत्वमा १० जनालाई समयक्रममा कमिटीले मनोनित गर्ने गरी ४७ सदस्यीय नगरपालिका कमिटी निर्माण भएको सम्मेलनमा सहभागी काशीहाङ राईले बताए । नेतृत्वमा क्रमशः उपाध्यक्षत्रयमा मनोज कार्की, शेरबहादुर लिम्बू, गोविन्द गुरुङ, सचिव रवीनजंग कार्की, सहसचिवत्रयमा अर्जुन बुढाथोकी, अनुप थापा, महेश नायक, कोषाध्यक्ष प्रमिला थापा र सदस्यहरूमा नगेन्द्र घिमिरे, काजी राई, बिनोद लावती, अरुन घले, जय तामाङ, बिनु लिम्बू, उज्ज्वल लिम्बू, प्रमिसा धिमाल, भावना राई, जिसन कँडेल, भानु लिम्बू, स्पेना राई, मणिकुमार राई, पदम खजुम, उमेश मुखिया, अमिर कार्की, निता कार्की, प्रेम तामाङ, विक्रम तामाङ, रामबहादुर इङनाम, करण मगर र सुजन तामाङ चुनिएका छन् ।
नगर सम्मेलनमा प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय उपमहासचिव विजय डाँगी, नेकपा (एमाले) मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सदस्यहरू भगतचन्द्र थपलिया, बाबुराम ऐङदेन, नवीन पौडेल, राजु तिम्सिना र भूपाल श्रेष्ठ, नगर अध्यक्ष रमेश दाहाल, अनेरास्ववियु केन्द्रीय सदस्य निता कुलुङ राई, युवा नेता भीमकुमार राई, सञ्जीव गिरी, भूपाल भक्त राई, मणि लुम्फुवा लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *