राजवंशी समाज विकास समिति द्वारा आँखा शिवर सम्पन्न ।।थारु पाेर्टल

Spread the love
फागुन।२० 
माेरङकाे सुनवर्सि नगरपालिका ४ मा रहेको राजवंशी समाज विकास समिति द्वारा एक दिने आँखा शिविर सन्चालन गरेको छ । सुनवर्षी वडा नम्बर ४ स्थित जानकी आधारभुत बिधालयमा राजवंशी समाज विकास समिती द्वारा एकदिने आँखा शिविरकाे आयोजना गरिएको हाे ।
कार्यक्रममा दाेहमना,गाेल गाउँ ,टकुवाका स्थानीय बृद्ध,बालबालिका ,युवा हरुले उक्त शिविर बाट लाभ लिएका थिए ।माेतियाबिन्दु भएका बिरामी हरुलाई शल्यक्रियाको लागि निःशुल्क शल्यक्रिया गर्नेका लागि नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पताल लैजाने राजवंशी समाजका जयप्रकाश राजवंशीले बताए । उद्घाटन कार्यक्रम बडा अध्यक्ष , स्थानीय बुद्धिजीवी समाजसेवी राजवंशी सामजका पदाधिकारी लगायतकाे उपस्थिति समेत रहेकाे थियोे । नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पतालकाे आयोजना नेपाल सरकारकाे आर्थिक सहयोग कार्यक्रम गर्नुका साथै राजवंशी समाज विकास समिति सहकार्य कार्यक्रम गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *