Wed. Mar 22nd, 2023
Spread the love
 फागुन -२७
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको २ दिने ४० औं जिल्ला स्तरीय जुनियर रेडक्रस सर्कल गोष्ठी सुरु भएको छ। शुक्रबार मोरङ्गको बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद  राईले पानसमा बत्ती बाली रेडक्रसको प्रवर्तक हेनरी ड्युयनाको फोटोमा माल्यार्पण गर्दै उद्घाटन गरेका हुन्।
जुनियर रेडक्रस सोसाइटी बेलबारी लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसी राम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी- नगरपालिकाका प्रमुख दिलप्रसाद राईले पाठ्यक्रम र पाठ्यपुस्तक पढाएर विद्यार्थीहरूलाई पास फेल बनाएर मात्र आजका विद्यार्थीहरूको बौद्धिकता र क्षमता अभिवृद्धि नहुने भन्दै विद्यालयको पठनपाठन सतप्रतिशत नतिजा र जीवन उपयोगी सीपको विकास गराउन पनि सुझाव दिए।
सोहि अवसरमा बेलबारी उपप्रमुख नितु थापा कोईरालाले विभिन्न प्रतियोगितामा विद्यालयका छात्र- छात्राहरुलाई पुरस्कृत गरेकी थिइन्। विशिष्ट अतिथिको तर्फबाट उपप्रमुख कोईरालाले “मानवीयता” शीर्षकमा प्रथम रेडस्टार मावि पथरीशनिश्चरेका छात्र- रविन लिम्बु , दोस्रो राधिका मावि उर्लावारीका साहिल चौधरी तथा तेस्रो छात्रा सोफिया लिम्बुलाई पुरस्कृत गरेकी थिइन्। यसैगरी, सोहि क्रममा उनले ” सेवा” शीर्षकमा प्रथम स्थान हासिल गर्ने रेडस्टार माविका छात्र रिकेश खड्का, सरस्वती मावि कल्याणपुरका दोस्रो सलिना कुमारी शाह र तेस्रो विष्णु हस्टालाई पुरस्कृत गरेकी थिइन्।
मोरङ जिल्ला शाखाका सुखदेव मण्डलको भावी योजना तथा कार्यक्रम सम्वन्धी कार्ययोजना पेस गरेका थिए। सोहि क्रममा गत वर्ष पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न ३९ औं जिल्ला स्तरीय जुनियर रेडक्रस सोसाइटी सर्कल गोष्ठीको प्रतिवेदन पथरी बहुमुखी क्याम्पसका उपप्राध्यापक उमेश खड्काले प्रस्तुत गरेका थिए। कार्यक्रममा पूर्व सर्कल संरक्षक तथा पुर्व शिक्षक नायक क्रमशः हरिनारायण चौधरी ( लक्ष्मी मावि ), घनश्याम तिम्सिना (सिद्धकाली मावि र राधे पण्डित ( राधा कृष्ण मावि) सम्मानित भएका हुन्। रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाका सभापति सुबोध कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश महासचिव श्रीषकेश कोईराला, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख युवराज पौडेल, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंक प्रसाद गौतम, बेलबारी-नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज कार्की , प्याव्सन बेलवारीका अध्यक्ष भगवती प्रसाद घिमिरे, लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.