फागुन।२७।
कानेपाेखरी
विद्यानन्द चाैधरी

माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीमा रहेकाे नव युवा क्लव कानेपोखरी-१ काे आयाेजनामा यही फागुन १९ गते देखी २७ गते सम्म चलेकाे खेल २ वटा वडालाई पाखा लगाउदै वडा न १काे प्रथम वडा अध्यक्ष नकाउट T 20क्रिकेट प्रतियाेगिता कानेपोखरी १ ले जितेको छ। श्री मावी कानेपोखरी-१ को खेल मैदानमा आयोजित कानेपोखरी १ ले कानेपोखरी ३ लाई १६ रनले पराजित गर्दै प्रथम भएकाे हाे ।

वडा न १ र ३ काे फाईनल खेलमा वडा न १ ले टस जितेर ब्याटीङ्ग राेजेका थिए जसमा १६७ रनकाे टार्गेट दिएका थिए भने वडा न ३ले त्याे टार्गेट पुरा गर्न सकेन १६रनकाे हार बेहाेरदै उप विजेता बनेका थिए ।फाईनल खेलकाे म्यान अफद म्याच भने वडा न १ का श्रवण किस्कु घाेषित भए उनले ४८ रन ल्याएका थिए ।भने म्यान अफद सिरिज वडा न ३का किरण कार्की घाेषीत भए ।उनले प्राेत्साहन स्वरुप २हजार प्राप्त गरेका थिए ।
प्रतियोगितामा कानेपोखरीका ७ वटा वार्ड स्तरिय र कर्मचारीको टिम गरि कुल ८ टिमले सहभागिता जनएका हुन।
होक्लाबरी नव युवाक्लबले फाल्गुन १९ गते बाट आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता टिम र उपबिजेता टिमलाइ क्रमशः नगद रु २०,हजार र रु १०,हजार का साथै ट्रफी र मेडल वार्ड न १ का वडा अध्यक्ष रत्न बहादुर कार्कीको प्रमुख आतिथ्यमा तथा वडा सदस्य लगायतले पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको थियाे भने नव युवा क्लव कानेपोखरी-१ काे अध्यक्ष प्रमाेद ठाकुरकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।