फागुन।२७।
कानेपाेखरी
माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीमा रहेकाे नव युवा क्लव कानेपोखरी-१ काे आयाेजनामा यही फागुन १९ गते देखी २७ गते सम्म श्री मा.वि होक्लाबारीको खेलमैदानमा प्रथम वडा अध्यक्ष कप T-20 नकआउट कृकेट खेल प्रतियोगिताकाे सेमी फाईनल खेल
वडा न ३ र ७ काे पहिलाे चरणकाे खेलमा वडा न ७ ले टस जितेर ब्याटीङ्ग राेजेका थिए जसमा ९४ रनकाे टार्गेट दिएका थिए भने वडा न ३ले त्याे टार्गेट सहजै ६ ओभरमै पुरा गरिदिए र खेलमा फाईनलकाे यात्रा तय गरेका छन ।वडा न ३ खेलकाे फाईनलमा प्रवेश गरेकाे छ भने खेलकाे म्यान अफद म्याच वडा न ३ कै किरण कार्की घाेषीत भए उनले आफ्नाे टिमका लागी ७१ रन एकलै जाेडेका थिए र प्राेत्साहन स्वरुप १हजार प्राप्त गरेका थिए ।
कानेपाेखरीका ७ वटै वडा र १टिम क्रमचारी गरी जम्मा ८वटा टिमकाे सहभागिता रहने जानकारी कल्वका अध्यक्ष प्रमाेद ठाकुरले थारु पाेर्टलाई बताए । उक्त खेलमा प्रथम हुने टिमलाई नगद पुरस्कार – रु. २०हजार मेडल ,ट्रफि ,प्रमाण पत्र प्रदान गरिने छ ।त्यस्तै देस्राे हुने टिमलाई नगद रु. १०हजार मेडल ,ट्रफि ,प्रमाण पत्र प्रदान गरिने छ र खेलकाे Man Of the Match लाई रु. १हजार Man of the Series लाई रु. २हजार प्रेात्साहान स्वरुप प्रदान गरिने छ ।खेल श्रि मावी हाेक्लाबारीकाे चाैरमा खेलाईने छ । खेलमा सहभागी हुने वडा तथा टिमले दर्ता शुल्क रु. १५सय तिरेर मात्र खेलमा सहभगी हुन पाउने कुराकाे जानकारी कल्वकाे सचिवले बताए ।खेल Tennis बलले खेलाइने छ । खेल वडाकाे र स्थानिय सहयाेग दाताहरुकाे आर्थीक सहयाेगमा सँचाल हुनेछ ।