पथरी समाचारदाता – २८ गते।

यही चैत ५ गतेको स्ववियु निर्वाचनकालागि अनेरास्ववियु पथरी बहुमुखीले मनोनयन दर्ता गरिएको छ ।शनिबार पथरी बहुमुखी क्याम्पसको निर्वाचन आयोगको कार्यालयमा अनेरास्ववियुका उमेद्वारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
अनेरास्ववियुको तर्फबाट सभापति पदका उमेद्वार उज्वल लकान्द्रीको प्यानलमा रोशन कटुवाल सचिव, सोनिया ग्यावा तामाङ कोषाध्यक्ष, प्रवीन पोखरेल सदस्य, क्रमशः अरुण राई, एलिस खड्का, एरिक बस्नेत, जितबहादुर खड्का प्रत्यक्ष तर्फबाट र समानुपातिक तर्फबाट मनिका न्यौपाने, निरन खनाल, सोम्पा तामाङ, सौरभ पौडेल, सुधीरचन्द्र अधिकारी, छिरिङ लामा शेर्पा र अभिषेक बस्नेत प्रतिस्पर्दामा उत्रने भएका छन् । स्ववियु निर्वाचनका लागी तीन दलीय गठबन्धन विरुद्वमा अनेरास्ववियु एक्लै भिड्ने भएको हो ।