Tue. Mar 21st, 2023
Spread the love

फागुन २८.।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिकाको छैटौं स्थापना दिवसकाे अबसरमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना  गरिएको छ ।

गाउँपालिकाको “मैले तिर्ने कर, गाउँपालिकाको भर“ अभियान कार्यान्वयनमा लैजाने उद्देश्यले खुला हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । वडा नं. १ देखी ७ सम्मको २८ वटा विद्यार्थीहरुकाे  टिममा  जम्मा ८४ जना विद्यार्थीले भाग लिएका थिए  । प्रतियोगितामा एसईई पास भई उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरु सहभागि हुने व्यवस्था थियो ।

प्रतियोगितामा वडा नं. ७ का शशांक कोइराला, विश्वनाथ भट्टराई र आचल भट्टराईकाे  टिम प्रथम भएका थिए । उनिहरुले नगद रु ६० हजार    र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ६ का कमल आचार्य, युवराज कार्की र सुस्मिता चौधरीको टिम दोस्रो भएका थिए । उनिहरुले नगद ४५ हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।त्यसैगरी वडा नंं ५ का मौसम पोखरेल, महिमा राजबन्शी र सर्मिला थापाका टिम तेस्रो भएका थिए । उनिहरुले नगद ३० हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा वडा नं. २ बाट रिजन फूयल, लिला सुवेदी र विवेश थापाको टिम चौथो भएका थिए । उनिहरुले सान्त्वना पुरस्कार वापत नगद १५ हजार रकम र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोल प्रसाद अधिकारीले प्रमाण पत्र र रकम हस्तान्तरण गरेका थिए ।कार्यक्रममा प्रमुख प्रशासकीय अघिकृत सन्तोष घिमिरेले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, अतिथिहरु वडा नं. ३ वडा अध्यक्ष गोपाल बहादुर कार्की, ६ का खड्ग बस्नेत, ५ का चरण गुरुङ र ७ का मोहन प्रसाद अधिकारी २का शुशिल वुढाथेाकी रहेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसबाट गाउँ सभापती योगेन्द्र दाहाल र एमाले बाट जिल्ला सदस्य नविन पौडेल अतिथिरहेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष वडा नं. ४ का वडा अध्यक्ष तथा अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष रमेश राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

साबिक बयरवन स्वास्थ्य चौकी (हाल कानेपोखरी अस्पतालमा स्तरोन्नति भैसकेको) स्थापनाका लागि १० कठ्ठा जग्गा नि:शुल्क उपलब्ध गराउनु हुने स्वर्गीय सनकसिंह भट्टराईका बुहारी श्रीमती तारा भट्टराई थापा र छोरा श्री पुष्पेन्द्र भट्टराईलाई सम्मान-पत्रले सम्मान गरेकाे छ।
कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष  ताराबहादुर काफलेकाे नेतृत्वमा रहेको कानेपोखरी गाउँ कार्यपालिकाले कानेपोखरी अस्पताल, बयरवनको स्थापना र विकासका लागि नीतिगत र संस्थागत प्रबन्ध सहित उक्त अस्पतालबाट औपचारिक सेवाको शुरुआत गरेका  विषयलाई उच्च मूल्यांकन गरी निवर्तमान गाउँपालिका अध्यक्ष  ताराबहादुर काफलेले ४ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष धनबहादुर राई ४ नम्बर वडाका निवर्तमान वडा सदस्यद्वय  रोशन लामिछाने गुरुङ र  शिवप्रसाद दुलाल, तत्कालीन वडा सचिव  गीता भट्टराई राईसमेतलाई कदर-पत्रले सम्मानित गरिएको छ। त्यसैगरी उक्त अस्पतालको उत्कृष्ट कर्मचारीको रुपमा सुरक्षा गार्ड थिरबहादुर कटुवाललाई समेत सम्मान समेत गरिएको छ।

 

Leave a Reply

Your email address will not be published.