चैत्र ४ शनिबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा रहेको महालक्ष्मी माध्यमिक बिधालयकाे अक्षयकोषबाट छात्रवृत्ति बितरण गरेको छ । बिधालयकाे प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गर्दे बिधालयले अक्षयकोष छात्रवृत्ति बितरण गरेको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिप बगडिया, उप प्रमुख भुमा पाराजुली , वडा अध्यक्ष टंक आचार्य , अक्षयकोषका संस्थापक कर्मचन्द राजवंशी, विष्णुकुमारी आचार्य अक्षयकोषका संस्थापक पार्वती आचार्य , बिधालयका प्रध्यापक, शिक्षक चिञ्जिवि काफ्ले, अभिभावक ,स्थानीय लगायत काे समेत सहभागीता रहेको थियोे ।
कार्यक्रम बिधालयका बालबालिकाहरुले विभिन्न गितमा नृत्य गरेर मनाेरञ्ना समेत गराएका थिए । बिधालयले हालै सम्पन्न भएको राष्ट्रियपति खेलकुदमा आफ्नो बिधालयका छात्र ,छात्रा हरुले विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गरेर बिधालयकाे नाम उच्च राखेकाे बिधार्थि हरुलाई प्रमाणपत्र समेत बितरण गरे खेलाडी हरुकाे हाैसला समेत बडाएका थिए । त्यसैगरी SEE परीक्षामा राम्रो अंक ल्याउने छात्र/ छात्रा लाई नगद सहित प्रमाणपत्र समेत बितरण गरेका थिए ।