८ चैत्र पथरी।
छविराज ढकाल

मोरङको पथरीशनिश्चरेकी पहिलो प्राज्ञ सरोजा खड्गीको ललितकला सम्बन्धित चित्र कला प्रदर्शनी अन्तर्रास्ट्रिय स्तरमै अब्बल ठहरिएको छ। दुवईमा जारी कला प्रदर्शनीमा नेपाल ललितकला प्रतिष्ठानकी सदस्य पनि रहनुभएकी पथरीशनिश्चरे -०१ निवासी सरोजा खड्गी नेपालको प्रतिनिधित्व गर्दै भाग लिई रहेकी छिन्।
हाल विश्वभरिका १सय१२ महिला कलाकारहरूले भाग लिई रहेको “अल होब्टूर प्यालेस होटल, ले प्याटियो रेस्टुरेन्ट, दुबईमा “डेयर टु ड्रीम” अद्भुत कला प्रदर्शनी समारोहमा प्रस्तुति रहेको छ। विभिन्न राष्ट्रका ति कलाकारहरूले आ आफ्ना १सय१२वटा कलाकृतिहरू प्रदर्शनी गरिएका छन् । पथरीशनिश्चरे नगरमै पहिलो प्राज्ञको रूपमा परिचित खड्की पथरीशनिश्चरे नगरको पञ्चायत नमुना माध्यमिक विद्यालयमा ललितकला एभरेष्ट आर्ट फ्युजनमा सकृय रहदै आउनुभएको छ। Art Connects Women भन्ने कलाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा लैङ्गिक समानता र विविधता प्रवर्द्धन गर्न, नेपाली ललित कला र संस्कृति उद्योगमा ठूलो योगदान पुर्याएको भन्दै प्राज्ञ खड्गीको चौतर्फी प्रशंसा भैरहेको छ।
पथरीशनिश्चरे नगरक्षेत्रलाई कर्मथलो बनाएर खोजमूलक पुस्तकहरू प्रकाशन तथा संकलन गर्दै आउनुभएका यूवा लेखक दिपेन्द्रराज तिमल्सिनाले प्राज्ञ खड्गीलाई विशेष बधाई दिएका छन् ।उनले प्रज्ञा खड्गीले अन्तर्राष्ट्रिय जगतमा ललितकला सम्बन्धि अद्भुत कला प्रदर्शनी गरेकोमा प्रशंसा गरेका छन् । उक्त अवसरमा खड्गीद्वारा प्रस्तुत गरिएको कलाकृतिहरूले निकै लोकप्रियता कमाएका छन्। लेखक तिम्सिनाले बुधबार बिहानै फेशबुक पेजमार्फत प्राज्ञ खड्गीलाई विशेष बधाई दिएका थिए।
उनी अगाडि लेख्छन् “- अल होब्टूर प्यालेस होटल, ले प्याटियो रेस्टुरेन्ट, दुबईमा अद्भुत कला प्रदर्शनी “डेयर टु ड्रीम” को कार्यक्रममा विश्वभरका १सय१२ महिला कलाकारहरूको १सय१२ कलाकृतिहरू प्रदर्शनी भए । नेपालकाे तर्फबाट प्रतिनिधित्व गर्नुहुने पथरी शनिश्चरे नगरपालिका वडा नं १ निवासी प्राज्ञ सराेजा खड्गी ज्युकाे दरिलो उपस्थितिले निकै खुसी तुल्याएको छ । Art Connects Women मा तपाईंको सहभागी निकै उत्साहपुर्ण रहेको देख्दा हर्षित छु । तपाईंलाई धेरै धेरै बधाई छ । नेपाली कलाकारिता विश्व भरी चिनाउन लाग्नुहुने तपाईंको याे अदम्य साहस कदमप्रति नगरले चिन्दैन ।संसारले हामी केही खाेज्नेले चिनेका छाै ।
पथरीशनिश्चरे नगरले चिन्न नसकेकी एक राष्ट्रिय कलाकार हुन्।” सोहि सन्दर्भमा पथरी शनिश्चरेका एक सामाजिक तथा राजनैतिक व्यक्तित्व युवराज बास्कोटाले फेसबुक पेजमार्फत यस्तो स्टाटस लेख्दै अगाडि भनेका छन्:-” तीन महिलाको उपलब्धिको कदर गर्दै, हामी फेसन डिजाइनरका रूपमा सुल्ताना काजिम, अद्वितीय बालुवा कलाकार शायमा अहमद अल मुघैरी र गिनिज वल्र्ड रेकर्ड राख्ने सुचेता सतीशलाई उनको आजीवन उपलब्धिको लागि सधैं आफ्नो क्षेत्रमा उपलब्धि हासिल गर्ने महिलाहरूलाई चिन्ने र मनाउनमा ठूलो गर्व गर्छौं भन्दै बधाई दिएका छन् । हामीलाई सपना देख्न आमन्त्रित गर्ने परी कथाबाट क्याटवाक मार्फत परेड्स डे नाभाबाट कथाहरू र विज्ञानको संग्रहालयमा लैजानुहुने स्पेनी कलाकार रोजाना लार्गो रोड्रिगेजलाई विशेष बधाई छ भनेका छन्।
उनी अगाडि थप्छन् “-पुरस्कार समारोहले सुनिश्चित गर्दछ कि प्रत्येक महिलाले उनीहरूको निस्वार्थ योगदानको मूल्यवान छ भनी मान्यता प्राप्त गर्छ, र समावेशी, परोपकारी र सबै भन्दा माथि मानवीय समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।सांस्कृतिक भ्रमण शारजाह बिएनाले धेरै धेरै धन्यवाद संस्थापक जाहिरा मुथी र जी आर्ट ग्रुपका सबै सदस्यहरूलाई यस्तो अद्भुत कार्यक्रम “डेयर टु ड्रीम” आयोजना गर्न र मलाई मेरो देशको राजदूतको रूपमा आमन्त्रित गर्नुभएकोमा जहाँ हामी सबै कलासँग जोडिएको हाम्रो कथा, ज्ञान र दृष्टिकोण आदानप्रदान गर्न पाउँदा खुसी छौं। “