इलामको माङ्सेबुङ्ग गाउँपालिका ५ नं. वडा कार्यालयमा आगजनी ।थारु पाेर्टल

Spread the love
१०।चैत्र।
इलामको माङ्सेबुङ्ग गाउँपालिका ५ नं. वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा सचिव माधव अधिकारीका अनुसार बिहिबार (चैत्र ९) राति करिव साढे १० बजे आएका समूहले वडा कार्यालयमा मटितेल खन्याएर आगजनी गरेका थिए ।
आगलागिबाट एक तले पक्कि भवनको ५ वटा झ्याल, दुई वटा कोठाको सोफासेट लगायतको फर्निचर, दराज, कम्प्युटर, कागजात, कार्पेट जलेर नष्ट भएको सचिव अधिकारीले जानकारी दिए । घट्ना स्थलमा मटितेलको बोटल भेटिएको उनले बताए । वडा अध्यक्ष नरेन्द्र राई सदस्य तिलरुपा लिम्बूलाई कार्याबाहक दिएर केही दिनदेखि बिदामा रहेको समेत उनले बताए । आगजनी के को लागि ? कस्ले गरेका हुन थाहा नभएको सचिव माधव अधिकारीले बताए ।

वडा कार्यालयमा आगलागी भएपछि वडाबाट हुने सम्पूर्ण सेवाप्रवाह प्रभावित बनेको छ । आगलागीका कारण खुल्न सकेको छैन । आगलागी कसरी भयो भन्ने विषयमा केही खुल्न नसकेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । ‘वडा कार्यालयमा आगलागी कसरी भयो वा कसले आगजनी गर्‍यो भन्ने विषयमा केही खुल्न सकेको छैन’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यस विषयमा अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिएको छ । प्रहरीहरु घटनास्थल पुगिसक्नुभएको छ ।’

वडाको प्राविधिक समेत रहेका सचिव अधिकारी भने विहीबार साँझ ९ बजेसम्म सोही कार्यालयमा बसेर काम गरेका थिए । आफू साँझसम्म योजनाको काम गरेर बाहिर निस्किएको केही घण्टापछि कार्यालयमा आगलागी भएको वडा सचिव अधिकारीको भनाई छ ।वडा कार्यालयको भवन यसैवर्ष मात्र निर्माण सम्पन्न गरी कार्यालय सुचारु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *