चैत्र १२आईतवार
रबिन्द्र बराल

रंगेली नगरपालिका ७ ले वडा स्तरीय समिक्षा तथा अभिमुखिकरण कार्यक्रम नगरकाे सभाहलमा गरेको छ । न्याक समितीकाे अधिकार र क्षेत्र भित्र रहेर गर्नुपर्ने काम र कर्तव्य का बारेमा समेत जानकारी गराएका थिए ।

न्यायिक समितिकोले गर्नुपर्ने सामाजिक दृष्टिकोणबाट महत्व रहेको र निर्वाचित प्रतिनिधिको प्रयास र आपसी समझदारीमा विवाद निरुपण गर्ने , सामाजिक सद्भाव, मेलमिलाप र शान्ति कायम राख्ने , आर्थिक दृष्टकोणबाट अदालत धाउने क्रममा हुने आर्थिक व्ययभार, अनुत्पादक खर्च, दुःख, हैरानीबाट उन्मुक्ति दिनुपर्ने , छिटो छरितो न्याय, दीगो न्याय, मेलमिलाप र समझदारी, सव सामाजिक र पारिवारिक सम्बन्ध विभिन्न समस्या र चुनौतीका बाबजूद न्यायिक समितिको भूमिकामा समेत महत्त्वपूर्ण हुने लगायतका बिषयमा समेत जनाकारी गराएका थिए । न्यायिक समितिकाे अवधारणाका बारेमा अधिवक्ता डिल्ली दाहालले सहभागी हरुलाई प्रक्षिण समेत दिएका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि उपमेयर भुमा पराजुली , अथिती वडा अध्यक्ष रामचन्द्र मंण्डल, सामुदायिक प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल ,स्थानीय पुनम सापकोटा , अनपुर्ण मंण्डल , बुद्धिजीवी माेहन पाैडेल, वडा सचिव सर्मिला ठाकुर , न्यक समितिका पशुपति दास, वडा सामुदायिक मेलमिलाप केन्द्रका सदस्य जगरनाथ मण्डल, पुनम सापकोटा , दिनेश ठाकुर, विष्णु माया घिमिरे, अशोक राय, निरंजन प्रसाद दास, देवी मण्डल प्रकास कुमार साह लगायतले मेलमिलाप केन्द्रका प्रतिनिधि लगायतकाे समेत सहभागी मा कार्यक्रम सम्पन्न भएको थियोे । नगर ले १ देखि ९ बटै वडा हरुमा न्याक समिति समेत स्थापना गरेको छ ।