रमाइलाे जनएकतामा ६६औं राष्ट्रिय सहकारी दिवसकाे अबसरमा रक्तदान देखी सेवा केन्द्र उद्घाटन सम्म ।थारु पाेर्टल

Spread the love

चैत्र।१२ ।कानेपाेखरी 

विद्यानन्द चाैधरी 

रमाइलो जनएकत बचत तथा ऋण सहकारी संस्था लि. ले ६६ औ राष्ट्रिय सहकारी दिवस  विविध कार्यक्रम गरेर  मनाउने भएका छन । दिवशको अवसरमा गरिने कार्याक्रममा सबै शेयर सदस्यहरुलाई समेत उपस्थितकाे लागी आह्वान गरिएकाे छ ।

No photo description available.

जसमा कानेपोखरी गा.पा.कासबै वार्ड, रंगेली न.पा. वार्ड न ३, ८,९ र बेलबारी न पा वार्ड नं. ६,७,८ वडा हरु पनी समेटिएकाे छ । सहकारीको दिगोपनाका लागि स्वनियमन र सुशासन” भन्ने नाराका साथ  संस्थाको  चैत्र ११ गते बसेको संचालक समितिको बैठकबाट   कार्यक्रमहरु तय गरि भव्य रुपमा सफल वनाउनका साथै दिवस मनाउन विभिन्न स्थानमा कार्यक्रम  हुने भएकाे हुनाले सहभागिता जताइ दिनुहुन अनुराेध समेत गरेका छन ।चैत्र  १५गते  कानेपोखरी गा.पा  परिसरमा  विहान ८ बजेदेखि पहिलाे कार्यक्रम  रक्तदान रहेकाे छ  । दाेस्राे कार्यक्रम १६गते सेयर सदस्यहरुका लागि हाजिरी जवाफ रहेकाे छ ११वजे देखी  संस्थाको सभा हलमा  (प्रश्नहरुः सहकारीका विषयमा र संस्थाको वार्षिक प्रतिवेदनमा आधारीत हनेछन् ।

 

साथै  ज्येष्ठ सदस्य तिर्याटन चैत्र १७गते  रामधुनी, चतारा बिहान ५ बजे प्रस्थान हुने र चैत्र १९गते  कानेपोखरी गा.पा वार्ड नं. २ दलेलीकाे  सेवा केन्द्र बिहान १० बजे समुद्घाटन रहेकाे छ भने जिल्ला सहकारी संघको निमन्त्रणामा सहकारी दिवस मनाउन  चैत्र २०गते  विराटचोक जेसिस भवन मोरडमा बिहान १० बजे जाने कुराकाे जानकारी सँस्थाका अध्यक्ष सन्ताेष फुयलले थारु पाेर्टललाई जानकारी गराउनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *