मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगद सहित पुरस्कृत ।थारु पाेर्टल

Spread the love

चैत्र।१३। विराटनगर ।

मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगद सहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी संघ नेपालले विराटनगरमा कार्यक्रमको आयोजनागर्दै पाँच जनालाई पुरस्कृत गरेको हो ।

संघले नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम सञ्चारकर्मी तथा साहित्यकार धिरेन्द्र प्रेमर्षिलाई २१ हजार १ सय ११ राशीको ईन्द्र मिथिला गौरव सम्मानबाट पुरस्कृत गरेको छ ।

Open photo

यो पुरस्कार समाजसेवी एवम युवा अभियन्ता पंकज बर्माले आफ्ना शिक्षासेवी स्वर्गिय पिता ईन्द्रनारायण लाल दासको स्मृतिमा स्थापना गर्नुभएको हो । स्थापनाको पहिलो बर्ष यो पुरस्कार प्रेमर्षिलाई प्रदान गरिएको हो । यस्तै बरिष्ठ गायक रामा मण्डललाई ११ हजार १ सय ११ राशिको उज्वल मिथिला नक्षत्र गौरव सम्मानबाट पुरस्कृत गरिएको छ ।

उक्त पुरस्कार नेपाल भारत सामाजिक सांस्कृतिक मंचले स्थापना गरेको हो । यो पुरस्कारपनि स्थापनाको पहिलो बर्ष बरिष्ठ गायक मण्डललाई प्रदान गरिएको छ । यसैगरि मधेश आन्दोलनको क्रममा मोरङबाट शहिद भएका दिनदयाल मण्डललाई मरणोपरान्त ७ हजार १ सय ५१ राशिको रघुनाथ प्रसाद गुप्ता स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ । यो पुरस्कार स्वतन्त्रता सेनानी गुप्ताका सुपुत्र राजेश गुप्ताले स्थापना गर्नुभएको हो ।

सोहि क्रममा ५ हजार १ सय ११ राशिको रामपरी देवी पत्रकारिता पुरस्कार स्थापनाको पहिलो बर्ष पत्रकार ब्रह्मदेव यादवलाई प्रदान गरिएको छ । यो पुरस्कार मैथिल सञ्चारकर्मी संघका महासचिव वीरेन्द्र साहले आफ्ना हजुरआमाको नाममा स्थापना गर्नु भएको हो । यस्तै साहित्यकार तथा लेखिका कुमारी श्रेयालाई ५ हजार १ सय ११ राशिको कौशल्या मुसहरु स्मृति पुरस्कार प्रदान गरिएको छ ।

यो पुरस्कार संघका सदस्य सोनु कुमार दासले आफ्ना हजुरबुवा तथा हजुर आमाको नाममा स्थापना गर्नुभएको हो । कार्यक्रमकाबीच राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा,प्रतिनधि सभा सदस्य योगेन्द्र मण्डल,जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष उषा झा,पुर्व मन्त्री जयराम यादव,मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई,मैथिल सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्ण,नेपाल भारत सामाजिक सांस्कृतिक मंचका अध्यक्ष राजेश कुमार शर्मा लगायत पुरस्कार संस्थापकहरुले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *