राजवंशी समाज द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।थारु पाेर्टल

Spread the love
चैत्र ।१९ 
रबिन्द्र बराल
माेरङकाे धनपालथान गाउँपालिका वडा नम्बर ३ बेतौना स्थित धामु निम्न माध्यमिक विद्यालय मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा बरिष्ठ सर्जन डा. सरोज राजवंशी, बरिष्ठ रेडियोलोजिष्ट डा. राजेन्द्र चौधरी (राजवंशी) बरिष्ठ बालरोग विशेषज्ञ डा. सितेन्द्र यादव बरिष्ठ फिजिसियन डा. रतिश यादव, हाडजोनी तथा नशा रोग बिषेश्ज्ञय डा. मोहमद साजाहान अनसारी, स्त्री तथा प्रसुति रोग सम्बन्धी डा. रिचा शाह लगायत ले स्वास्थ्य चेकजाँच गरेका थिए । शिविरमा बेतैना, मायाँन्ज, मंङ्लवारे लगायतका महिला,बृद्ध,बालबालिका लगायत ले स्वास्थ्य परिक्षण गराएका थिए ।
माैसम परिवर्तन भए पछि बालबालिका हरु लाई रुघा,खाेकी, जिउ हात दुख्ने , महिला काे पाठेघर समस्या बडि मात्रामा फेला परेको चिकित्सक हरु ले बताए । कार्यक्रममा राजवंशी सामाज विकास समिती का केन्द्रीय उपाध्यक्ष बद्रि नारायण राजवंशी, केन्द्रीय महासचिव , राजकुमार राजवंशी ,माेरङ जिल्ला अध्यक्ष कुमार राजवंशी, राजवंशी समाजका अमृत कुमार राजवंशी, तेज नारायण राजवंशी, कमल राजवंशी लगायत काे समेत उपस्थिति रहेको थियोे । स्वास्थ्य परिक्षण पछि निशुलक ओैषधिकाे समेत बितरण गरिएको थियोे । गेटवेल हस्पिटल प्राईभेट लिमिटेड काे प्राबिधिक सहयोग तथा राजवंशी समाज विकास समिति गाउँ इकाइ समिति धनपालथान ३. बेतौना ले उक्त शिविर काे आयोजना गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *