२५।चैत्र।
कानेपोखरी

गरिबीका रेखामुनि रहेका ऋषिदेव समुदायमा एकीकृत बस्ती निर्माण कार्य सुरु भएको छ । मोरङको कानेपोखरी ३ राजगञ्जमा ऋषिदेव समुदायमा एकीकृत बस्ती निर्माण सुरु भएको हो । कानेपोखरी गाउपालिका,हयाबिट्याट नेपाल फर ह्युमानिटी नेपाल र साहारा नेपालकाे त्रिपक्षीय साझेदारीमा निर्माण सुरु गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि कानेपोखरी गाउपालिका अध्यक्ष राजमती इङ्नामले एक घरको शिलान्यास गर्दै बस्ती निर्माण कार्यको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाले “अब कालोपत्रे बाटाे घाटाे मात्र बिकासको काम नभएर मानिसको पहिलो अति आवश्यक सुरक्षित बसोवास पनि रहेकाले यो कार्यको थालनी गरिएको बताउनुभयो । ” गाउपालिकाका अति गरिब, विपन्न परिवार कोहि पनि घरबार बिहिन हुन नपर्ने र त्यसको ब्यबस्था स्थानिय सरकारले गर्ने उहाको भनाई रहेककाे थियाे ।
यस्तै कार्यक्रममा गाउपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले भन्नुभयो । “गाउपालिका आफैले जग्गा खरिद गरि एकीकृत बस्ती निर्माण गर्ने सोच बनाएको थियो सुरुमा सफल भएनौ तर अहिले सफल भएर दुई नम्बर वडामा एक बिग्घा एक कठ्ठा बाह्र धुर जग्गा लिएर छ वटा घर बनाइ सकेको र आठ वटा बन्ने क्रममा रहेका छ्न । “सरकारको अनुभुती हेर्दै गरून् भनेर यस्ता समुदायलाई लक्षित गरि काम सुरु गरिएको छ ” उहाले भन्नूभयो ।
एकीकृत बस्ती निर्माण अन्तरगत ३ कोठा १ शौचालय सहितको ३० घर बन्न लागिएको हो । जसमा कानेपोखरी गाउपालिकाको ६६ लाख ४५ हजार ९ सय ९० , ह्याबिटेट फर ह्युमानिटी नेपालको ६० लाख र उपभोक्ताको तर्फबाट २५ लाख ९० हजार १ सय ४० रुपैया गरी कुल १ करोड ५२ लाख३६ हजार १ सय ३० रुपैया लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । सो कार्यक्रम सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत हुन लागेको हो ।