मोरङको पथरीशनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु ।थारु पाेर्टल

Spread the love
चैत-२४ गते
पथरी समाचारदाता, 
मोरङको पथरीशनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। शुक्रबार प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो र नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले संयुक्त रूपमा चेस बोर्डमा गोटी चालेर उद्घाटन गरेका थिए।
फ्रेण्डसिप चेस क्लब, पथरी शनिश्चरे, मोरङ्गको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सुरु भएको ४ दिवसीय बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रिय स्तरको खेलाडीको रूपमा परिचय बनाउन शुभकामना दिए।उनले खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन गर्न नगरपालिकाले सहयोग गरेको भन्दै प्रतियोगिताको आयोजनाका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको बताए।
पथरीशनिश्चरे -०२ को सिन भिलेज पार्टी प्यालेसमा आगामी चैत्र २७ गतेसम्म संचालन हुने सो प्रतियोगितामा मुलुकभरका १ सय ५० जना भन्दा बढी स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीरूले विभिन्न ३१ विधामा प्रतिस्पर्धा गर्दैछन्। समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले नगरपालिकाको मुख्य सहयोगमा पुर्याएको विशिष्ट योगदानको प्रशंसा गर्दै पथरीशनिश्चरे क्षेत्रका सबै स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूलाई चेस खेल्ने अवसर दिएर बौद्धिक क्षमता अभिवृद्धिमा सहायता पुर्याउन आग्रह गरे। सोहि क्रममा उनले आजदेखि सुरु भएको प्रतियोगिताको सफलताको शुभकामना दिए। फ्रेण्डसिप चेस क्लब, पथरी शनिश्चरे, मोरङ्गका अध्यक्ष अमीर राईको अध्यक्षतामा सम्पन्न भएको सो समारोहमा प्रतियोगिताका प्रमुख निर्णायक/आरबिटर – यासिर खम्बू , वर्तमान चेस च्याम्पियन खेलाडी पुरूष तर्फबाट-पुरूषोत्तम चौलागाई र महिला तर्फबाट–सिन्दिरा जोशी समेत उपस्थिति रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *