पथरी समाचारदाता
चैत्र-२४ गते

साहारा नेपाल सहकारी संस्था पथरी शनिश्चरेले २८औं वार्षिकोत्सव तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले २८ वार्षिकोत्सवको अवसरमा ट्राफिक कार्यलय पथरी र ईलाका प्रहरी कार्यलय पथरीको सहकार्यमा ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ सचेतना र्याली निकालेको छ ।
मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउ, जेब्रा क्रसबाट मात्र बाटो काटौँ, दायाँ बायाँ बाटो काट्दा समयमै साईट लाईट बालौ, दुर्घटनाको पीडा चालक आफैलाई हुन्छ प्रहरीलाई हुँदैन, मेरो साहारा मेरो गौरव सबैका लागि सधैका लागि जस्ता प्ले कार्डका साथ र्यालीले पथरी बजार परिक्रमा गरि कार्यलयमा कोण सभा सम्पन्न गरेको थियो ।
ट्राफिक सचेतना कार्यक्रमको अवसरमा संस्थाले पथरी शनिश्चरे वडा नं १ लाई डस्विन रिङ र ट्राफिक कार्यलय पथरी शनिश्चरेलाई नो पार्किङ र हर्न निषेधको बोर्ड हस्तान्तरण गरेको छ ।संस्थाले सो अवसरमा ऋणी सदस्यलाई मुत्यू पर्यान्त वितरण गर्दै आएको ऋण मिनाहा चेक वितरण गरको छ । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं- १ का वडाअध्यक्ष भीम कुमार राईले चेक तथा बोर्ड हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा अतिथि ट्राफिक कार्यलय पथरीका प्रमुख योगेन्द्र सिहं खड्काले बर्षेनी २५ हजार भन्दै बढि सडक दुर्घटना भईरहेको र यस्बाट बच्न सबैले अनिवार्य ट्राफिक नियमको पालना गर्न जरुरी रहेको बताएका छन् । साहारा नेपालले लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहँदै जनचेतना कार्यक्रम गर्दै आएकाे साहारा नेपाल पथरी शनिश्चरे प्रमुख चन्द्रकला खातिले बताएकी छिन्। साहारा नेपालले गरिब र विपन्नका लागि व्यापार- व्यवसायमा सरल सुलभ ढंगबाट कर्जा वितरण गदै आएकाे छ । हिजो केन्द्रिय कार्यालय चारपानेले हाफ म्याराथुन दौड सम्पन्न गरेको छ ।