सिर्जना चौतारीमा साहित्यिक कार्यक्रम ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता ।
चैत-२६गते
मोरङको पथरीशनिश्चरे १ स्थित मनोहर होटल एन्ड पार्कको गोलघरमा यस वर्षकै महिनाको अन्तिम शनिबार स्थानीय श्रष्टाले जमेरै आफ्ना गीत, कविता, हाइकु, गजल, मुक्तक वाचन गरेका थिए ।
स्थानीय स्तरमै गजल गाउने लोकेश फुयालले आफ्ना गीतमार्फत देश र जनताको बारेमा राम्रो सन्देश दिएका थिए । त्यसै गरी अर्का श्रष्टा भवानी दुलालले देशका नेताको गद्दारीप्रति तिखो व्यंग्य प्रहार गर्दै नेताहरुले सुध्रिएर देश चलाउन आग्रह गर्दै देशमा अमनशान्ति कायम हुनुपर्छ भन्दै आफ्ना कवितामार्फत सन्देश दिएका थिए । यस्तै देश र जनताप्रति व्यंग्य प्रहार गर्ने स्थानीय साहित्यिक श्रष्टाहरुमा कृष्णप्रसाद अधिकारी, दीपक दियालो, युवराज अधिकारी, राजेन्द्र विवश, प्रेम कट्टेल, भूमिप्रसाद पाठक र उत्तम आपागाईँ लगायत रहेका छन् भने कार्यक्रमको अध्यक्षता एभरेस्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *