चैत्र २७साेमबार
रबिन्द्र बराल

रंगेली नगरपालिकाले बजार अनुगमन तथा राजश्व वृद्धि कार्यक्रम सुरु गरेको छ । कर तिर्नु प्रत्येक नागरीकको अभिभारा हाे समयमै कर तिरौ समृद्ध नगर निर्माणमा सहभागी बनौ भन्ने मुल नाराका साथ २० दिने अभियान सुरु गरेको हाे ।
नगरले व्यवसाय दर्ता गरी शुरु गरौं, समय मै नविकरण गरौं । नगर लाई बुझाउन पर्नेबहाल करहरू ( कर, मालपोत तथा भूमिकर, व्यवसाय कर लगायत अन्य किसिमका कर तथा दस्तुरहरू) समयमै तिरौ ,पालिकाको हरेक विकास निर्माणका कार्यहरूमा सबै नगर वासीले सहयोग गरौ, नक्सा पास गरि घर निर्माण गरौ भन्दै अभियान सुरु गरेका छन । आईतबार देखि रंगेली नगरपालिका ले साना तथा ठुला ब्यवसाय गर्दे आईरहेका ब्यपारी हरु काे दाेकानमा पुगेर नगरले लागू गरेकाे व्यसायिक प्रमाणपत्र ,आन्तरिक राजस्वको प्यान काड, भ्याट बिल जस्ता कागजात हरु लिएकाे वा नलिएकाे छानबिन समेत गरेकाे छ ।
अनुगमनका क्रममा उप प्रमुख भुमा पराजुली, प्रशाकिय अधिकृत ओमकार न्याैपाने वडा अध्यक्ष रामचन्द्र मंण्डल, टंक आचार्य ,वडा सदस्य यशाेदा काेईराला, राजश्व शाखा का प्रकाश रेग्मी ,व्यपार संघका अध्यक्ष सन्ताेष साह, वडा सदस्य कमल रिमाल लगायत काे टाेली बजार अनुगमन सुरु गरेकाे छ । प्रत्येक वडा मा उक्त कार्यक्रम स्थान संचालन गरिने र प्रत्येक नागरिक तथा उद्योगी व्यवसायी लाई करको दायरामा ल्याई नगरको विकासमा सहभागिता गराउने उपमेयर भुमा पराजुलीले बताईन ।