सहिद रत्नकुमार वान्तवा दोस्रो राष्ट्रियव्यापी फिडे रेटिङ बुद्धिचालकाे उपाधि पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपालीले उचाले !थारु पाेर्टल

Spread the love
 चैत्र-२७ गते
पथरी समाचारदाता,
पथरीशनिश्चरेमा जारी शहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रियव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले चुमेका छन्।
सोमबार पथरीशनिश्चरे -०२ को सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो प्रतियोगितामा दुई चोटि पूर्व च्यापियन नेपाल भैसकेका ललितपुर निवासी नेपालीले उपाधि उचालेका हुन् । नेपालीले ५१ हजार रुपैयाँ बराबरको पुरस्कार राशीसहित ट्रफी तथा मेडल प्राप्त गरेका हुन्। यसैगरी, प्रतियोगिताको फस्ट रनरअप काभ्रेपलाञ्चोकका खोम प्रसाद तिमल्सिना तथा सेकेन्ड रनरअप प्रकाश सी नेपाल बनेका छन्।
उनीहरू दुवैले ३५ र २५ हजार रुपैयाँ नगद, ट्रफी तथा मेडल पुरस्कार प्राप्त गरेका छन्। मोरङ्ग पथरीशनिश्चरे निवासी पुकार राई चौथो,, काठमाडौँका नवीन तण्डुकार पाँचौ, वर्तमान नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँ छैटौं, सुमन श्रेष्ठ सातौँ, विश्वविजय घिमिरे आठौँ, पूर्व नेपाल च्याम्पियन भूपेन्द्र निरौला नवौँ, प्रेम लिम्बु दशौँ, रिसन थापा एघारौँ , चुडामणि कुलुङ राई बार्हौं, लोकसागर साम्बा तेर्हौ, बल बहादुर तामाङ १४ औं र निलम १५ औं स्थान हासिल गरेका हुन्।
उनीहरूले क्रमशः १५ हजार रुपैयाँ देखि ७ हजार ५ सय रुपैयाँ सम्म नगदसहित पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, पूर्वमेयर दिलिप कुमार राई,वडा नं ७का वडाध्यक्ष उद्ववराज बस्नेत, आदिले सम्मानित गरेका थिए। त्यस्तै, प्रतियोगितामा कोशी प्रदेश ( नं १) को लागि वसन्त लामा (६हजार ) विजयी भएका छन् भने अनरेटेड विधामा वल बहादुर बस्नेत ( ५हजार५ सय) , भेटरियन विधामा उद्धवराज थापा (५ हजार), महिला तर्फको विधामा सिन्दिरा जोशी (५हजार) प्राप्त गरेका थिए। त्यस्तै, लोकल स्कुल टाईटल अन्तर्गत रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थी पुस्कर राईले प्रथम स्थान हासिल गरेका हुन् भने किर्तिपुर एकेडेमीका विप्लव मगर द्वितीय स्थान हासिल गरेका हुन्। प्रथम बन्न सफल राई र मगरले क्रमश: ५ हजार र ४ हजार रुपैयाँ नगद, ट्रफी, तथा प्रमाणपत्र प्राप्त गरेका छन्। यसैगरी, मोरङ्ग जिल्ला कपुरको उपाधि उमेश राईले उचालेका हुन्।उनले नगद पुरस्कार स्वरुप ५ हजार रुपैयाँ नगद, ट्रफी तथा मेडल प्राप्त गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *