सिड्लिङ मन्टेश्वरी शैक्षिक क्षेत्रमा उत्कृष्ट पाएको नगरप्रमुख तुम्वापोको भनाइ  ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
चैत्र -२८ गते
माेरङ्गकाे पथरीशनिश्चरे -२ स्थित सिड्लिङ मन्टेश्वरी स्कुलको अभिभावक दिवस ग्राजुएसन सेरेमोनीको आयोजना गरेको छ। मंगलबार सिन भिलेज पार्टी प्यालेसमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्।
सिन भिलेज पार्टी प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्। नगर प्रमुख तुम्वापोले सिड्लिङ मन्टेश्वरी उत्कृष्ट ढंगले सञ्चालन भएको बताएका छन्। वडा नं . २ काे बुद्धचौकमा स्थापित मन्टेश्वरी स्कुलकोे ८ औं वार्षिकोत्सव तथा ग्राजुएसन सेरेमोनीमा प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन्। नगरप्रमुख तुम्वापोले‘सिटलिङ मन्टेश्वरीे मापदण्डहरु पूरा गरी नगरपालिकामा स्थापित ढंगले सञ्चालन भएको पाएको बताएका छन्।´ कार्यक्रम मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नृत्यहरु पस्केका थिए भने उल्लेख्य मात्रामा अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । मन्टेश्वरीकी प्रिन्सिपल एवं निर्देशक बिन्दु चेम्जोङ राईको अध्यक्षता भएको सो कार्यक्रममा पथरीशनिश्चरे नगरका शिक्षा शाखा तथा खेलकुद प्रमुख शालिग्राम काफ्ले, वडा नं. २ वडाध्यक्ष नैना राई, वडा सदस्य चन्द्र कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *