पथरीमा सि.एन. कन्दङ्वा स्मृति कोषद्वारा विभिन्न ३ विधाका राष्ट्रिय स्रष्टाहरू सम्मानित  ।थारु पाेर्टल

Spread the love
पथरी संवाददाता 
पथरीशनिश्चरे, चैत्र ।२९
मोरङ्गको पथरीशनिश्चरे स्थित सि.एम.कन्दङ्वा स्मृति कोषले तीन विधाका राष्ट्रिय व्यक्तित्वलाई सम्मानित गरेको छ।
मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई कुल एक लाख ६५ हजार नगद राशीसहित सम्मानित गरिएको हो । पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले छुट्टा-छुट्टै विधाको ३ जनालाई आज प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंका कुलपति भूपाल राईको बाहुलीबाट फूलमाला, अबीर सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख एक हजारसहित सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ बाट सम्मानित हुनुभएको हो। त्यसैगरी, दार्जेलिङ भारतका संगीतकार अनिल फागोलाई संगीत विधातर्फको ५१ हजारसहित सि.एम.कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९बाट सम्मानित हुनुभएको छ भने लामो समयदेखि पूर्वी मोरङलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आउनुभएका पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राई सम्मानित भएका छन्।
उहा ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९बाट सम्मानित भएका हुन्। सम्मानित समालोचक, अनुवादक तथा स्रष्टा प्रा.डा. गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ । ३२ भन्दा बढी सम्मान पाइसकेका छन् । त्यस्तै, संगीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत भर्नुभएको छ । यसैगरी,सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ ।
उक्त अहिले जारी रहेको सम्मान समारोहमा नेपाल, भारत तथा अन्य स्थानहरूबाट साहित्यकार, संगीतकर्मी तथा पत्रकारहरूको विशिष्ट योगदान पुर्याउनु हुने व्यक्तित्वहरूको उपस्थिति रहेको छ। सिएन कन्दङ्वा स्मृति कोषका अध्यक्ष डा. रामनारायण कन्दङ्वाको अध्यक्षतामा भएको सम्मान समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका चित्रकला तर्फकी प्राज्ञ सरोजा खड्गी, वरिष्ठ समालोचक दधीराज सुवेदी, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो,शिक्षा , यूवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलाल , वरिष्ठ लोक गायक एल. पी. जोशी, गीतकार शिवशंकर थापा, कवि विवश पोख्रेल, कवि धन्कुटे कान्छा, लगायतका विभिन्न विधाका सर्जगहरूले कविता, गीत गजल गराउनुका साथै कला-संगीत प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *