शिरुवा पर्वको आगमन संगै थारु समुदायले मनाए ‘बहरजत्रा’ ।थारु पाेर्टल

Spread the love

चैत्र २८ ।

शिरुवा पर्वको आगमन संगै थारु समुदायले     चैत्रमा ‘बहरजत्रा’ मनाउँने गरिन्छ । बर्षभरी गाउँटोलमा नकारात्मक अदृश्य शक्तिबाट सुरक्षा र खेती पाती कर्मको सफलताको कामना गर्दै शिरुवा पर्व र जुरशीतल मनाउँनुपुुर्व ‘बहरजत्रा’ गर्ने मौलिकतानै रहेको छ ।

 

थारु समुदायको प्रत्येक गाउँ टोल बाहिर (बहार) मा  खोला छेउ खेतकाे आली वा ढिस्को उच्च रहेको स्थानमा पुूजा आजा सहित पान प्रसादी चढाउँदै सो प्रसादी घर नलगी सामुहिक रुपले बाहिरै ग्रहणगरी सम्पन्न गर्ने गरिन्छ । पान प्रसादीमा बोका, पाठी, परेवा, लडु, दही, च्युरा चढाउँने परम्परा रहेको छ ।
थारु समुदायको मौलिक संस्कार र धार्मिक विश्वासले महत्वपूर्ण मानिएको ‘बहरजत्रा’ इटहरी उपमहा नगरपालिका वडा नं. ८ टेंग्राटोलीका थारु समुदाय लगायतका गैर थारु समुदायले पनि सामुुहिक रुपमा मनाएको छ । कानेपाेखरी वडा न काे थारुहरुलेपनी मनाएका छन ।

बर्षभरी देवि देवता गाउँटोलमा घुमेर रक्षा गर्ने, हरेक कार्यमा जात्रा बन्ने, सुरु गरेको कार्य सहजजै सफल मिल्ले, बाढी पहिरोबाट बच्न सक्ने, घर परिवारमा सुख शान्ति बनिरहोसको कामना गर्दै थारु समुदायले बहजात्रा मनाउँदै आएको सचिव चौधरीले बताइन् । तसर्थ संस्कार संस्कृति संरक्षण गर्न निरन्तरता दिएको बताउँदै आधुनिकतामा आएर धेरै थारु टोलमा बहजात्रा मनाउँन लोप अवस्थामा पुुगेकोले मौलिक संस्कारको बारेमा थारु समुदायमै सचेतना दिन आवश्यक रहेको उठान गरिन् ।

बहरजत्रा पूूजामा धामी खेल्ने प्रचनल रहेकाे छ । बहरजात्रा बिशेष देविलाई पूजा गर्ने गरेको बताए । संसारमा आउजाउ गरिरहने वा बस्ने जीव, प्राणी, जीवात्मालाई पूूजागरी शक्ति र रक्षा हेतुु बाहिर बहारमा पूजा गर्ने ‘बहरजात्रा’ रहेको बताए ।

तराई क्षेत्रलाई वसोवास र हरेक प्रकारका उत्पादन योग्य बनाउँने पहिलो थारु समुुदाय रहेकोले तराईका भूूमी पुुत्र मान्नु पर्छ र यस समुदायको कला संस्कृति परम्परा संकटमा रहेको र यसलाई समुदायलेनै संरक्षण गर्ने अवस्था पनि समस्या रहेकोले राज्यले बिशेष ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *