आमताेलामा ट्याक्टर पल्टदा चाैधरीकाे घटना स्थलमै मृत्यु ४ जना सिकिस्त १९ जना घाइते ।थारु पाेर्टल

Spread the love
बैशाख २ शनिबार
रबिन्द्र बराल
माेरङ रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली ४ स्थित आमताेला चाेकमा ट्याक्टर पल्टदा १ जनाकाे मृत्यु भएको छ । मृत्युु हुनेमा ग्रमथान गाउँ पालिका ५ बस्ने बर्ष ६५ कि बैशाखी चाैधरीकाे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम बाट पुर्व आउदै गरेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर रंगेली तर्फ आउदै गर्दे अनियत्रित हुदा ट्याक्टर दुर्घटना भएको हाे । ट्याक्टरमा २० जना सवार रहेका थिए । घाइते हुनेमा ग्रामथान ५ बस्ने बर्ष ६२ का दुखिया चाैधरी,२६ बर्षकाे अनिल माझी, टेक नारायण माझी ,सुनिल चाैधरी ५० बर्षका टिकाराम माझी ६५ बर्षका मधुराम माझी बर्ष २५ कि रिता कुमारी माझी बर्ष ५ का रितेश माझी बर्ष ३५ का रिता चाैधरी, बर्ष ४३ का अनुलाल माझी ,बर्ष ४२ का पुरनसरी चाैधरी, बर्ष ३५ कि सुनिता भगत बर्ष १० का बिकेस भगत, बर्ष २० रंगेलीकि जानकी कुमारी माझी ,रंगेली का सुनवर्ति चाैधरी, ३ बर्षका जितनी चाैधरी, बर्ष ३ का रायन चाैधरी र बर्ष ४० का किन्ति चाैधरी धाईते भएको रंगेली प्रहरीले जनाएको छ।
घाइते हरु मघ्ये रंगेली अस्पतालमा ४ जनाकाे उपचार भईरहेकाे  छ भने  १३ जना लाई थप उपचारका लागि बिराटनगर अस्पताल रिफर गरिएको रंगेली अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *