बैशाख ४ साेमबार
रबिन्द्र बराल।रंगेली

बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगर सम्मकाे सडक धुल्यामै हुदा सर्वसाधारण हरु सास्ती भाेग्न बाध्य रहेका छन ।
सडक निर्माणकार्यमा ठेक्केदार कम्पनीको लापरबाहीका कारण सडक धुल्यामै हुनुका साथै सडक समेत खाल्डाखुल्डी भएपछि दैनिकी साे सडकमा आवतजावत गर्ने सर्वसाधारण हरुले जाेखिम माेलेर आवतजावत गर्ने बाध्य रहेका छन । बिगतका दिनहरु मा रंगेली देखि बिराटनगर सम्म पुग्नका लागि ३० मिनेटमा पुगिने भएता पनि अहिले बिराटनगर सम्म पुग्नका लागि डेर घन्टा सम्म लाग्ने गरेको स्थानीय बाल कृष्ण उप्रेतीले बताए ।
बिराटनगर पुगेर घर फर्कदा घुलाेका कारण बिरामी समेत पर्ने गरेको र सबारी साधन समेत बिग्रिने गरेकाे उप्रेती ले बताए । रंगेली बिराटनगर सडक खण्डकाे अन्तर्गत धनपालथान गाउँ पालिका मंङ्लबारे देखि बिराटनगर सम्मकाे १६ किलोमिटर सडक निर्माणकार्य सुरु भएको ३ बर्ष बितिसक्दा समेत निर्माणकार्य ठेक्कदार कम्पनीकाे बेवास्ता कारण दैनिकी सडका यात्रा गर्ने यात्रु हरुले ज्यान जाेखिमा पारेर हिड्न बाध्य रहेका छन । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाक राजमार्ग निर्देशनालयले उक्त सडक निर्माणकार्य का लागि पी/एस गजुरमुखिमोतिदान जे/वी लाई २०७६ कार्तिक २४ गते सम्झौता गरेर २०७९ कार्तिक सम्म निर्माणकार्य सम्पन्न गर्ने समय अबधि ३६ महिना काे दिएता पनि अहिलेसम्म पनि सडकाे काम सम्पन्न नहुदा सर्वसाधारण हरुले सास्ती भाेग्न बाध्य रहेका छन ।
हुलाकी राजमार्ग अन्तर्गतको रंगेली नगरपालिकाकाे ७ किलोमिटर कालिका कन्ट्रक्सन ले ठेक्का समय भन्दा १ बर्ष अगाडि नै निमार्ण कार्य सम्पन्न गरेकाे भएता पनि मंङ्लबारे देखि बिराटनगर सम्मकाे १६ किलोमिटर सडक भने अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन । धनपालथान गाउँ पालीका मंगलबारे देखि जुडिपुल सम्मकाे सडक निर्माणकार्यका लागि पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । त्यसैगरी जुडि पुल देखि बिराटनगर काे हाटखाेला सम्मकाे सडक निर्माणकार्य गर्ने श्रेष्ठ कन्सट्रक्सन कँपनी हेटौडाले जिम्मेवारी पारेको हाे ।